भर्खरै

“एंकर वाई पानासोनिकका प्रोडक्टसहरु २० भन्दा बढी देशहरुमा निर्यात हुँदै आएको छ ।”

  • प्रकाशित मिति : Wed-02-Oct-2019
  • - दिनेश अग्रवाल जोइन्ट म्यानेजिङ डाइरेक्टर, पानासोनिक लाईफ सोलुसन इन्डिया प्रा.लि
title


पानासोनिक लाईफ सोलुसन इन्डिया प्रा.लि का जोइन्ट म्यानेजिङ डाइरेक्टर दिनेश अग्रवाल  लामो समय देखि विद्युतीय क्षेत्रको उत्पादन र बिक्रीबितरण कार्यमा सहभागी हुदै आएका छन् । नेपालमा पानासोनिकका  लाइटिङ, स्वीच गेयर, स्वीचेज, पंखा लगायत बिभिन्न प्रोडक्टहरु नेपालका आधिकारीक बितरक सारदा ग्रुपको भगीनी संस्था श्री प्रिमियर ओभरसिज प्रा.लि., थापाथली काठमाण्डौले विगत २÷३ वर्ष देखि गर्दै आएको छ । नेपालमा एंकर वाई पानासोनिकका प्रोडक्टहरुको बजार, यसको अवस्था, आगामी योजना र गत केही दिन अघिमात्र लन्च गरिएको स्वीच गियरको विषयमा विद्युत संसारका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :
 
 
 
 
पानासोनिक लाईफ सोलुसन इन्डिया प्रा.लि को बारेमा बताई दिनुहोस् न । 

पानासोनिक लाईफ सोलुसन इन्डिया प्रा.लि को स्थापना सन् १९६४ मा भएको हो । सुरुवातमा यस प्रा.लि एंकर इलेक्ट्रिकल्स प्रा.लि का रुपमा परिचित थियो । त्यसपश्चात् सन् २००७ मा एंकर इलेक्ट्रिकल्स प्रा.लि लाई पानासोनिकले खरिद गरे सँगै पानासोनिक लाईफ सोलुसन इन्डिया प्रा.लि का रुपमा स्थापित भएको हो । नेपाल र भारत दुवै देशमा स्वीचका लागि एंकर इलेक्ट्रिक परिचित नाम हो । भारत र नेपालका बजारमा यसको एउटा छुटै पहिचान रहेको छ । विगत १० वर्ष यता हामीले स्वीच गेयर, लाइटिङ, फ्यान, लगायत इन्टेरियल प्रोडक्टस्लाई प्राथमिकता दिदै आएका छौ । हामीले उत्पादन तथा बिक्रि बितरण गर्दै आएका यी सामग्रीहरुको मूल्य, गुणस्तर र डिजाइन बजार अनुकुल छन् । हामीले हरेक वर्ष नयाँ प्रोडक्टस्हरु उत्पादन गर्दै कम्पनीको बिक्री बितरणमा २० देखि २२ प्रतिशत सम्म वृद्धि गर्दै आएका छौ । स्वीचमा पनि हाम्रो प्रगति उल्लेख्य रहेको छ । हामीले नेपालमा पेन्टा मोडुलर स्वीच र रोमा अर्वान स्वीच गरी दुई रेन्जका स्वीच नेपाली बजारमा भित्य्राएका छौ । यी दुवै रेन्जका स्वीचमा हामीले नेपाली ग्राहकहरुको राम्रो प्रतिक्रिया पाईरहेका छौ । स्वीचका साथै हामीले नेपालमा स्वीच गेयर, एम.सि.वि. , एम.सी.सि.वी. पनि ल्याएका छौ । हामीले ल्याएका स्वीच गेयर होटेल, अफिसमा प्रयोग हुने गरेका छन् ।  हामीले पानासोनिक लाईफ मार्फत नेपालमा ल्याएका प्रोडक्टहरुको दिन प्रतिदिन माग बढ्दै गएको छ । 
 
हालै नेपालमा लन्च भएको एम.सि.सि.वी. कस्तो प्रकारको प्रोडक्ट हो ? यसको मूख्य कार्यहरु के–के हुन् त ?

हामीले यहि असोज ९ गते नेपाली बजारमा एम.सि.सि.वि. लञ्च गरेका छौ । यसको मूख्य कार्य भनेको सुरक्षा नै हो । बिद्युत ओभर लोड हुँदा सर्किटको सुरक्षाका लागि एम.सि.सि.वि.को प्रयोग गरिन्छ । यदि एम.सि.सि.वि.को प्रयोग नभएको खण्डमा सर्किटमा विद्युत ओभरलोड हुँदा आगालागीको सम्भावना बढी हुने गर्दछ । त्यसैले त्यसको सुरक्षाका लागि समयसापेक्ष अपडेट गरी विभिन्न रेन्जका स्वीच गियरहरु नेपालका लागि लन्च गरिएको हो । 
 
 
पानासोनिक ब्राण्डको स्वीच गेयर नै किन प्रयोग गर्नुपर्छ ? यसको बारे तपाईहरुले ग्राहकहरुलाई  कसरी सुझावहरु दिदैं आईरहनु भएको छ ,यस बारे बताइदिनुहोस् न ।

पानासोनिकले जति पनि प्रोडक्ट बजारमा ल्याएको छ ति सबै गुणस्तरयुक्त छन् । पानासोनिकले ल्याएको स्वीच गेयरहरु सुरक्षाका दृष्टिले पनि अति उपयुक्त छन् । त्यस्तै यसमा प्रयोग हुने सिल्भर, कपर शुद्ध र गुणस्तरयुक्त छन् । सामग्री उत्पादनका क्रममा हामीले इन्डियामा रहेको सेन्ट्रल पावर रिसर्च अफ इन्स्टिच्युट (सि.पि.आर.आई.) मा  गुणस्तरको पनि परीक्षण गराउने गरेका छौ । जसले गर्दा हामीले उत्पादन गर्दै आएका सामग्रीहरु गुणस्तरयुक्त हुने गरेको छ । गुणस्तरको परीक्षण गराई उत्पादन हुने हाम्रा प्रोडक्टहरु उपभोक्ताले निश्चिन्त भई प्रयोग गर्न सक्नुहुन्छ । त्यसैले हामीले ग्राहक तथा उपभोक्ताहरुलाई पानासोनिक ब्राण्डका प्रोडक्टहरु नै प्रयोग गर्न सुझाव दिदैं आईरहेका छौं । 
 
पानासोनिकका प्रोडक्टहरु हाल सम्म कति देशमा निर्यात हुने गरेको छ ?

पानासोनिका प्रोडक्टहरु विशेष गरी अफ्रिकन र साउथ एसियाका २० वटा भन्दा बढी देशहरुमा निर्यात हुने गरेको छ । पानासोनिकका प्रोडक्टहरु गुणस्तरयुक्त भएकै कारण बाह्य देशहमा हाम्रो प्रोडक्टहरुको माग बढी रहेको छ । हामीले यो आर्थिक वर्षमा ३ हजार ४ सय १० करोड भारतीय रुपैयाँ बराबरको कारोवार गरेका थियौ । 
 
पानासोनिकले ल्याएको एम.सि.सि.वि. नेपाली बजारमा कसरी विस्तार गर्ने योजनामा हुनुहुन्छ ?

हामीले हालै नेपाली बजारमा लन्च गरेको पानासोनिक ब्राण्डको एम.सि.सि.वी. नेपालको एक चिरपरिचत कम्पनी प्रिमियर ओभरसिज प्रा.लि. मार्फत नेपाली बजारमा ल्याएका छौ । प्रिमियर ओभरसिजसँग सहकार्य गर्दै नेपालभर हाम्रा उत्पादन पु¥याउने हाम्रो लक्ष्य रहेको छ । 
 
पानासोनिकका कुन–कुन प्रोडक्ट नेपाली बजारमा आएका छन् ? यसका बारे बताइदिनुहोस् न । 

नेपाली बजारमा प्रिमियर ओभरसिज प्रा.लि.मार्फत लाइटिङ, स्वीच गेयर, स्वीचेज, पंखा लगायतका प्रोडक्टहरु आएका छन् । अन्य प्रोडक्टहरु पनि ल्याउने तयारीमा छौ । नेपाली बजारमा पानासोनिकका प्रोडक्टहरुको माग हरेक वर्ष बढ्दै गएको छ । सन् २०१७÷ १८ मा रु २० करोड बराबरको पानासोनिकका प्रोडक्ट आयात भएको थियो भने सन् २०१८ ÷१९ मा  रु ३० करोड बराबरको पानासोनिकका प्रोडक्ट आयात भएको छ । आगामी वर्षमा ५० करोड बराबरको सामग्री नेपाली बजारमा ल्याउने हाम्रो योजना रहेको छ ।
 
नेपालमा सामग्री आयात गर्दा कस्ता समस्याहरु आउने गरेको छ ? यसका लागि नेपाल सरकारले के गर्नुपर्ने देखिन्छ  ?

नेपालमा सामग्री आयात गर्दा एम.आर.पी. कस्ट बढी लाग्ने गर्दछ । नेपाल सरकारले एम.आर.पी. कस्ट घटाउँदा उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ । नेपालमा विकास निर्माणका कार्य भईरहेको अवस्थामा गुणस्तरयुक्त सामग्रीहरु आयात गर्नुपर्दछ । 
 
यस कम्पनीको भावी योजना के–के रहेका छन् ? यस बारेमा बताईदिनु होस् न ।

नेपालमा हाल पानासोनिकका चार प्रोडक्टहरु आयात हुँदै आएका छन्  । आगामी दिनमा  सोलार,  स्टेट लाइट, इवि चार्जिङ लगायतका प्रोडक्टहरु नेपाली बजारमा ल्याउने योजनामा छौ । 
 
अन्त्यमा  यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?

आम नेपाली उपभोक्तालाई गुणस्तरीय विद्युतीय सामग्री प्रयोग गरी सुरक्षित हुन आग्रह गर्दछु । सस्तो भन्दा पनि गुणस्तरयुक्त विद्युतीय सामग्री प्रयोग गर्न यसै पत्रिका मार्फत आग्रह गर्दछु । 

प्रतिक्रिया

सम्बन्धित समाचार

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट 15 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 3 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 3 hours ago