भर्खरै

अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

  • प्रकाशित मिति : Wed-02-Oct-2019
  • - Admin
title

काठमाण्डौ, असोज । ८ मेगावाट क्षमताको अपर नौगाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ ।  अपि पावर कम्पनी लिमिटेडले आनो दोस्रो परियोजनाका रुपमा निर्माण गरेको अपर नौगाड जलविद्युत आयोजनाले परीक्षण उत्पादन गत सोमबार देखि सुरु भएको हो । 
२०७३ असोजमा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको आयोजनाको कुल लागत एक अर्ब ६० करोड रुपैयाँ रहेको छ । आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट विद्युत् उत्पादन गर्ने अनुमान छ ।
यसमध्ये सुख्खा महिनामा १.१४ करोड र वर्षा यामका चार महिनामा ३.७५ करोड किलोवाट विद्युत उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने छ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपूर्ति हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago