भर्खरै

जलविद्युत क्षेत्रमा लगानी गर्न जाइका सकरात्मक

  • प्रकाशित मिति : Wed-02-Oct-2019
  • - Admin
title

काठमाण्डौ, असोज । जापानी सहयोग नियोग (जाइका) नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने विषयमा सकारात्मक देखिएको छ ।
जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ’अनन्त’ र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावा बीच भएको भेटवार्तापछि जाइका नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्न सहमत भएको हो ।
जाइकाका उपाध्यक्ष कोशिकावाले लगानीको सुरक्षित रहे नेपालको जलविद्युतमा योगदान गर्न तयार रहेको बताए  । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने विषयमा जापानी संस्था जाइकाले सन २०१४ देखि सन् २०१८ सम्म नेपालमा जलविद्युत् क्षेत्रमा सम्भाव्यता अध्ययन गरिसकेको छ ।
भेटमा मन्त्री पुनले कुलेखानी जलाशय, कन्काई सिँचाइ आयोजना लगाएतका क्षेत्रमा जापानले गरेको सहयोग स्मरणीय भएको बताएका छन् । मन्त्री पुनले भक्तपुरदेखि बनेपासम्मको सडक विस्तारमा जापानी लगानीको खाँचो रहेको औंल्याए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago