भर्खरै

सिन्धुपाल्चोकमा चट्याङ प्रतिरोधी प्रविधि जडान

  • प्रकाशित मिति : Wed-02-Oct-2019
  • - Admin
title
सिन्धुपाल्चोक, असोज ।  सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ । 
चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा स्थानियवासीको माग अनुसार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकद्वारा जिल्लामा पहिलोपटक समुदायमा आधारित उक्त प्रविधि जडान गरिएको हो । 
स्थानीय मानबहादुर श्रेष्ठको घरमा जडान गरिएको उक्त प्रविधिको टावरमार्फत हावाको रेञ्जबाट २१४ मिटर गोलाइको वरिपरि सुरक्षित राख्न सक्ने क्षमता राख्दछ । त्यसबाट २७० घरधुरीका १३५० जनाका साथै घर पालुवा जनावरसमेत लाभान्वित हुनेछन् । यसका अतिरिक्त विद्यालय, सरकारी कार्यालय, प्रहरी चौकी, वडा कार्यालय तथा स्वास्थ्यचौकीसमेत सुरक्षित रहने बताइएको छ । जमीनमुनि १० फिट गहिरो तथा चार÷चार फिट चौडाइको खाडलमा केमिकल राखी बनाइएको उक्त प्रविधिको लागि स्थानीय जन सहभागिता सहित रु तीन लाख लगानी भएको जनहितका प्रतिनिधि चिरञ्जीवी कट्टेलले बताए । उक्त प्रविधि ९९ प्रतिशत सफल रहेको दाबी गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago