करेन्ट लागेर एकको मृत्यु
- प्रकाशित मिति : Mon-14-Oct-2019
- - Admin

गुल्मी, असोज । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–६ गौरीखुट्टा बस्ने ४६ वर्षीय तुलसादेवी घिमिरेको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले बताए ।
बिजुलीको प्लग जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी घिमिरेलाई उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।