भर्खरै

भिभो भि–१५ प्रो र रेडमि नोट–७ प्रो मध्ये कुन मोवाइल किन्नु ठिक ?

  • प्रकाशित मिति : Wed-16-Oct-2019
  • - Admin
title

 
काठमाण्डौं । मोवाइल मानिसको साथी जस्तै बनेको छ । मोवाइल विना मानिसको दैनिक गतिविधि समेत प्रभावित हुने गर्दछन । मोवाइल सञ्चारको माध्यम मात्र नभई शिक्षा, मनोरञ्जन लगायत विभिन्न पक्षसँग जोडिएर आएको छ । प्रविधिमा आएको चमत्कारले एउटा मोवाइलमा विश्व नियाल्न सकिने भएको छ । तर त्यसका लागि राम्रो मोवाइलको आवश्यक पर्छ । मानिसको आवश्यकता अनुसारको मोवाइल भएन भने वा मोवाइलमा विभिन्न समस्या आउने भयो भने सजिलो बनेको जिवन झन तनावपुर्ण बनिदिन्छ ।
मानिसको यहि आवश्यकतालाई मध्यनजर गरी विभिन्न कम्पनीका मोवाइल दिनहुँजसो बजारमा सार्वजनिक भइरहेका हुन्छन । सार्वजनिक भएका मोवाइलमध्ये केहिले बजार तताँउछन भने धेरैजसो केहि समयको रोइलोपछि बजारबाट विस्थापित हुन्छन ।
यहि क्रममा हामिले बजारमा निकै राम्रो छाप बनाएका भिभो भि–१५ प्रो र रेडमि नोट–७ प्रो मोवाइलबीचका विभिन्न विशेषताहरुलाई केलाउने प्रयास गरेका छौ ।
 
मोवाइलको डिस्प्लेको आकारमा सन्दर्भमा भिभो भि–१५ प्रो को साइज ६.३९ इन्च रहेको छ भने रेडमि नो–७ प्रो को साइज ६.३० इन्च रहेको छ । डिस्प्लेको आकारमा केहि फरक रहेका यी दुई मोवाइलको प्रोसेसर भने एउटै रहेको छ । क्वालकम स्न्यापड्रयागन ६७५ प्रोसेसर मेक रहेका यी मोवाइलमा २ जिएचजेड ओक्टा कोर प्रासेसर रहेको छ । मोवाइलको रेजोजुसन पनि समान १०८०÷२३४० पिक्सेल रहेको छ ।
टचक्रिन डिस्प्ले रहेका यी दुवै मोवाइको एस्पेक्ट रेसियो पनि समान १९.५ः९ रहेको छ । स्टोरेज बढाउन मिल्ने यी मोवाइलको र्याम र इन्टरनल स्टोरेजमा भने केहि फरक छ । भिभो भि–१५ प्रोमा ६ जिबी र्याम, १२८ जिबी इन्टरनल स्टोरेज क्षमता रहेको छ भने रेडमि नोट–७ प्रोमा ४ जिबी र्याम र ६४ जिबी इन्टरनल स्टोरेज क्षमता रहेको छ ।
त्यसैगरी भिभो भि–१५ प्रोमा रेयर अटोफोकस र रेयर लास सुविधा छैन भने रेडमि नोट–७ प्रोमा यी दुबै सुविधा लिन सकिन्छ ।
अपरेटिङ सिस्टम मोवाइल प्रयोगकर्ताहरुले ख्याल गर्ने अर्को पाटो हो । भिभो भि–१५ प्रोमा एन्ड्रोइल ९.० पाइ अपरेटिङ सिस्टम र फनटच ओएस–९ स्किन रहेको छ भने रेडमि नोट–७ मा एन्ड्रोइड पाइ अपरेटिङ सिस्टम र एमआइयुआइ – १० स्किन रहेको छ ।
दुईवटै मोवाइलमा दुईवटा सिम राख्न मिल्छ र दुईवटै सिममा फोरजी एक्टिभ गर्न सकिन्छ । फेस अनलक, फिङगरप्रिन्छ सेन्सर, कम्पास÷म्याग्नेटोमिटर, प्रोक्सिमिटी सेन्सर, एक्सिलेरोमिटर, एम्बियन्ट लाइट सेन्सर, जाइरोस्कोप दुवै मोवाइलमा रहेका विशेषताहरु हुन् । ब्याट्रीको टीकाउपन मोवाइल छनौटका सन्दर्भमा ख्याल गरिने अर्को महत्वपुर्ण पक्ष हो । भिभो भि–१५ प्रोमा ३७०० एमएएच क्षमताको ब्याट्री रहेको छ भने रेडमि नोट–७ मा ४००० एमएएच क्षमताको ब्याट्री रहेको छ । क्लिकमान्डु डटकम

प्रतिक्रिया