भर्खरै

मंगलबारदेखि एनआरएनएको नवौं विश्व सम्मेलन सुरु, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

  • प्रकाशित मिति : Wed-16-Oct-2019
  • - Admin
title
 
काठमाण्डौ, असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्र्तराष्ट्रिय महाधिवेशन मंगलबारदेखि काठमाण्डौमा शुरू भएको छ । मंगलबार देखि सुरु भएको सम्मेलन ३० गते बिहिबार सम्म सञ्चालन हुने छ । 
विश्वका विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूको साझा संघको विश्व सम्मेलनले नयाँ नेतृत्व  चयन गर्नेछ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारासहित सुरु भएको  सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गरेका हुन् । 
सम्मेललाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यक्तिगत तथा सामूहिक लगानी  समग्र नेपाल निर्माण गर्ने महाअभियान लगाउन सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका थिए । गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न सहज एवम् अनुकूल वातावरण बन्दै गएको उनले बताए । 
नेपाल विकसित हुँदै गईरहेकाले सहज, अनुकूल आन्तरिक तथा बाह्य वातावरणमा विश्वका विभिन्न मुलुकबाट हासिल गरेका ज्ञान, अनुभव, सीप र उद्यमशीलतालाई व्यक्तिगत तथा सामूहिक लगानीमार्फत नेपाल राष्ट्र निर्माण गर्ने महाअभियानमा सहभागी हुन गैर आवासीय नेपालीहरुलाई उनले आग्रह गरे । राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था संविधानमै गरिएको पनि बताए । 
त्यस्तै कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गैर आवासीय नेपालीहरुलाई नेपालको विकासमा आफूले हासिल गरेका ज्ञान, सीप र प्रविधिको उपयोग गर्न आग्रह गरे । उनले गैर आवासीय नेपालीहरुको अधिकारको सुनिश्चित हुने गरी सरकारले छिट्टै ‘गैर आवासीय नेपाली परिचय पत्र’ वितरण गर्ने पनि जानकारी दिए । 
 
सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि तथा स्वदेशी र विदेशी गरी करिब ३ हजारभन्दा बढी सहभागी हुने  संघले जनाएको छ ।सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२०, संघको आगामी कार्यदिशा, गैरआवासीय नेपालीहरूको नेपालमा लगानी, उद्योग व्यवसाय प्रोत्साहन जस्ता विषयमा छलफल हुने संघका प्रवक्ता भूषण घिमिरेले बताए । 
उक्त सममेलनको आयोजना नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघले गरेको हो । उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीको नेतृत्वमा एक उच्चस्तरीय आयोजक समिति समेत गठन भइसकेको छ । यसैगरी, संघले वर्तमान अध्यक्ष भवन भट्टको नेतृत्वमा एक आन्तरिक आयोजक समिति समेत गठन गरिसकेको छ ।
 
 नयाँ  नेतृत्वका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेद्धवारी
संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा दुई जनाले उम्मेद्ववारी दिएका छन् । उम्मेद्धारी दिनेमा  जर्मनीमा बसेर व्यवसाय गर्दै आएका कुमार पन्त र बेलायतमा बसेर व्यवसाय सञ्चालन गर्दै आएका कुल आचार्य रहेका छन् । पन्तले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उम्मेद्ववारीको घोषणा गरेका थिए भने आचार्यले बेलायतबाटै उम्मेद्ववारीको घोषणा गरेका थिए । 
पन्तले जर्मनीलाई आधार बनाएर होटल तथा रेष्टुराँ व्यवसाय सञ्चालन गर्दै आएका छन् । उनको नेपालमा जलविद्युत बैंकिङ, रेमिट्यान्स, रियलइस्टेट, सिमेन्ट उद्योग लगायतमा लगानी रहेको छ । अर्का उम्मेद्वार आचार्यले बेलायत तथा पोर्चुगलमा होटल तथा रेष्टुराँ व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका करिब ८० लाख नेपालीको नेतृत्वका लागि अधिवेशनबाट अध्यक्ष, पाँच जना उपाध्यक्ष, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँच जना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदमा निर्वाचित हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago