भर्खरै

रुग्ण जलविद्युत्को समस्या हटाउन कमिटी गठन

  • प्रकाशित मिति : Fri-18-Oct-2019
  • - Admin
title
 
काठमाण्डौ, कात्तिक । रुग्ण जलविद्युत आयोजनाको समस्या हटाउन कमिटि गठन हुने  भएको छ ।  रुग्ण जलविद्युत आयोजना समन्वय समिति (इप्पान) ले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र ऊर्जासचिव दिनेशकुमार घिमिरेसँगको छलफमा रुग्ण आयोजनाका समस्याबारे अध्ययन गर्न सञ्चालक चेतनारायण जोशीको नेतृत्वमा एक कमिटी गठन गर्ने निर्णय गरेको हो ।
छलफलमा रुग्ण जलविद्युत आयोजनाका समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणसँग आउटेज एण्ड लस, अनडेलिभर इनर्जि, एभाइलिटि डिक्लिरियसन र सिवडि पेनाल्टि लगायत समस्याका बारेमा अध्ययन गर्न कमिटी गठन भएको हो । 
विद्युत् नियमन आयोगबाट जारी विनियमावलीबाट उपलब्धता घोषणा हटाउने व्यवस्था भएको, जलविद्युतमा ३ प्रतिशत दीर्घकालीन री–फाइनान्सिङका लागि नेपाल राष्ट्र बैंकसमक्ष सिफारिस गरेको, भर्खरै मन्त्रालयले ६५ करोड रकम केही आयोजनालाई पोस्टेड रेटबापत उपलब्ध गराएको मन्त्री पुनले बताए । 
 
यसका साथै इप्पानका थप मागहरू प्रतिमेगावाट ५० लाख भ्याट फिर्ता, विद्युत् खरिददरमा पुनरावलोकन, ब्याजदर नियन्त्रणका दीर्घकालीन उपायलगायतका विषयमा सुझाब प्रतिवेदन तयार गर्न ऊर्जा मन्त्रालयको नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, रुग्ण जलविद्युत् आयोजना समन्वय समितिलगायतका रहने गरी उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ । सोही प्रतिवेदनका आधारमा अगाडि बढ्ने निर्णय भएको छ । यो सहमतिसँगै इप्पानले घोषणा गरेको आन्दोलन स्थगित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago