भर्खरै

राष्ट्रिय जनगणना २०७८का लागि करारमा ४३ हजार बेरोजगार युवालाई रोजगारी दिदै सरकार

  • प्रकाशित मिति : Sun-20-Oct-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं,कात्तिक । सरकारले ४३  हजार बेरोजगार युवाहरुका लागि रोजगारी दिने तयारी गरेको छ । केन्द्रीय तथ्यांक विभागले आज आइतबार पत्रकार सम्मेलन गरी सरकारले हरेक १०÷१० वर्षमा गर्दै आईरहेको जनगणनाको लागि ४३ हजार बेरोजगारहरुलाई करारमा रोजगारी दिने तयारी गरेको हो । 
शिक्षित भएर पनि बेरोजगार रहेका युवाहरुलाई रोजगार दिने निर्णय गरेको छ ।  सरकारले विगतका वर्षहरुमा जनगणनाका लागि शिक्षक परिचालन गर्ने गरेको भएपनि यस पटक भने शिक्षकहरलाई परिचालन नगरी बेरोजगार युवाहरुलाई प्राथमकिता दिन लागेको छ ।
सोही अनुसार राष्ट्रिय जनगणना २०७८ मा बेरोजगार युवालाई परिचालन गरिने तथ्यांक विभागले जनाएको छ । सो राष्ट्रिय अभियानमा कूल ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर परिचालन गरिने जनाएको छ ।
यसअघि राष्ट्रिय जनगणनामा शिक्षक परिचालन गर्ने गरिएको थियो । यसपटक भने बेरोजगार युवालाई सो कार्यको जिम्मा दिन लागिएको छ । 

प्रतिक्रिया