भर्खरै

अब टेकुको ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने

  • प्रकाशित मिति : Mon-21-Oct-2019
  • -
title

काठमाण्डौं,कात्तिक । आगामी दिनमा टेकुस्थित ट्रान्सफर स्टेशनमा फोहर नथुपारिने भएको छ । लामो समय देखि फोहर थुपारेर राख्दा वातावरण प्रदूषणको समस्या उत्पन्न भएका कारण आगामी दिनमा त्यहाँ फोहर नथुपार्ने भएको हो ।
 
केही समयका लागि फोहर राखे पनि यसअघिजस्तो लामो समय फोहर नराख्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
 कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले अबदेखि ट्रान्सफर स्टेशनमा फोहर जम्मा गरेर नराख्न र सोहीअनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । विगतका समयमा काठमाडौँ शहरका सडक र गल्ली–गल्लीका फोहर महिनौँसम्म ट्रान्सफर स्टेशनमा राख्ने गरिएको थियो । त्यसरी ठूलो मात्रामा संकलन गरेर राखेको फोहरले वातावरणमा निकै नै ठूलो असर पुगेको छ । संकलित फोहरलाई ठूला सवारी साधनबाट नुवाकोटस्थित ल्याण्डफिल्ड साइटमा व्यवस्थापन गर्दै आइरहेको छ ।
 
कामपाका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले प्राविधिक समस्या मिलाउनुप¥यो भने एक दिनसम्म राख्न सकिन्छ तर त्यो भन्दा बढी ट्रान्सफर स्टेशनमा फोहर नबस्ने बताए ।
टेकुमा सञ्चालित ट्रान्सफर स्टेशन ३९ रोपनी जग्गामा छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी र फोहर राख्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैँचा बनाएर फोहरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको योजना छ । हामीले यो समाचार राष्ट्रिय समाचार समितिलाई आधार मानेर तयार गरेका छौं । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago