भर्खरै

प्रधानमन्त्री ओलीद्धारा नागढुङ्गा सुरुङमार्गको आज शिलान्यास गरिँदै

  • प्रकाशित मिति : Mon-21-Oct-2019
  • -
title
नागढुङ्गा सुरुङमार्गको आज शिलान्यास हुने भएको छ । सुरुङमार्ग निर्माण परियोजनाका अनुसार नागढुङ्गाको टोटेपाखामा आज दिउँसो साढे दुई बजे एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गर्नुहुनेछ । जापान सरकारको ऋण सहायतामा बन्न लागेको सुरुङमार्गका लागि गत असोज ६ गते नागढुङ्गा सुरुङमार्ग निर्माण परियोजना र जापानको ‘हाज्मा अन्डो कर्पोरेसन’ बीच ठेक्का सम्झौता भएको थियो ।
 
सम्झौताअनुसार साढे तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नेछ । निर्माण कार्य सुरु हुन भने अझै दुई महिना लाग्ने नागढुङ्गा–नौबिसे सुरूङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले सीआईएनसँग  बताए । १३ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको सुरुङ मार्गको लम्बाइ दुई दशमलव ६७ किलोमिटर रहेको छ । ४० वर्षभित्र तिर्नेगरी शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदरमा जापानले ऋण सहायता नेपाललाई उपलब्ध गराएको हो ।
 
यसैबीच सरकारले काठमाडौँका विभिन्न महत्वपूर्ण सडक तथा पुलको निर्माण र स्तरोन्नतिमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्त बुझ्दो नभए उनीहरुलाई कालो सूचीमा राख्न सिफारिस गरिने सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
 
एकैपटक विभिन्न १६ आयोजनामा ढिलाइ गर्ने १५ ठेकेदारसँग स्पष्टीकरण सोधिएको डिभिजन प्रमुख कैलाशकुमार श्रेष्ठले बताए । विभागले यी कम्पनीलाई पटक–पटक समयमै काम गर्न निर्दशन दिँदै आएको थियो । साभार : रेडियो मनास्लु

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago