भर्खरै

म्याग्दीमा तीन दिनदेखि विद्युत अवरुद्ध

  • प्रकाशित मिति : Mon-21-Oct-2019
  • - Admin
title

म्याग्दी, कात्तिक । उत्तरी म्याग्दी तीन दिनदेखि अन्धकारमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगखोला नजिकै कालीगण्डकी आसपासको क्षेत्रमा विद्युत् लाइन मर्मत नहुँदा सो क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य ह्न् । 
 
विद्युत्को पोलमा देखिएको समस्या समाधान गर्न कालीगण्डकी नदीमा पौडी खेलेर जानुपर्ने भएकाले मर्मतमा ढिलाइ भएको विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्राविधिक तीर्थनाथ शर्माले बताए  । “चाँडै विद्युत् आपूर्ति नियमित गर्ने प्रयासमा जुटेका छौँ”, उनले बताए । बिजुली नहुँदा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित गरिमा विकास बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्धवृद्धाले सास्ती खेप्नु परिरहेको छ । “भत्ता वितरण गर्न समस्या भएको छ”, बैंकका प्रमुख श्याम थापाले  बताए ।  रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago