भर्खरै

तिहारलाई ६० करोडको बराबरको झिलिमिली बत्ती ,९० प्रतिशत झिलिमिली बत्ती चीनबाट आयात हुने

  • प्रकाशित मिति : Tue-22-Oct-2019
  • - प्रदिप श्रेष्ठ
title
काठमाडौं,कात्तिक । नेपालीहरुको दोस्रो ठूलो महान पर्व तथा झिलिमिली बत्तीहरुको पर्वको रुपमा मानिने चाड तिहार नजिकिँदै गर्दा रु. ६० करोड मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको छ । तिहार नजिकिँदै गर्दा विद्युतीय व्यवसायीहरुले झिलिमिली बत्ती,झालर बत्ती,दियो बत्ती, लाईट, फोटो, स्टिकर, रंगिन बल्ब पाइप आदि विद्युतीय झिलिमिलि बत्तीहरू ६० करोड मूल्य बराबरको आयात भएको नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष रेशम प्रसाद देवकोटाले बताए । 
 
 
नेपाल विद्युत प्राधिकरणले कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङलाई पाएपछि देशमा लोडसेडिङ्गको अन्त्य भएको छ । देश लोडसेडिङ्गमुक्त भएपछि यस्ता झिलिमिली बत्तीको माग बढेसँगै तिहारको बेला हरेक घर–घरमा झिलिमिली बत्ती राख्ने प्रचलन पनि बढिरहेको छ । तिहार सुरु हुनु अगावै झिलिमिली बत्तीहरूले आफ्नो घर सजाउन थालिसकेका छन् भने बजारमा विभिन्न प्रकारका झिलिमिली बत्तीहरु खरिद बिक्री गर्नेहरुको पनि भीड लाग्न थालेका छन् । महासंघका प्रथम उपाध्यक्ष देवकोटाका अनुसार तिहारका लागि आयात गरिने झिलिमिली बत्ती,झालर बत्ती लगायतका अन्य बत्तीहरु चीन र भारतबाट नेपालमा आयात हुने गरेको उनले बताए । 
 
९० प्रतिशत झिलिमिली बत्ती चीनबाट आयात हुने

तिहारको समयमा नेपाली बजारमा बिक्रि हुँदै आएका सम्पूर्ण प्रकारका झिलिमिली बत्तीहरू चीनबाट आयात हुने गरेको छ । यो वर्ष चीनबाट करिव ९० प्रतिशत झिलिमिली बत्ती आयात भएको छ भने १० प्रतिशत झिलिमिली बत्ती भारतबाट आयात भएको प्रथम उपाध्यक्ष देवकोटाको भनाई रहेको छ । चीनमा उत्पादन हुने झिलिमिली बत्तीहरु भारतमा उत्पादन हुने बत्तीहरू भन्दा राम्रो,आर्कषक र कम मूल्यको हुने भएकोले भारतबाट भन्दा चीनबाट बढी झिलिमिली बत्तीहरू आयात हुने गरेको उनको भनाई छ ।
 
यस वर्ष झिलिमिली बत्तीको व्यापारमा कमी 

तिहार पर्वमा आवश्यक पर्ने झिलिमिली बत्तीहरुको व्यापार विगत वर्षहरुको तुलनामा यस वर्ष कमी आएको छ । अहिले बजारमा हरेक बत्तीहरु लिडजन्य पाइन्छ । लिडजन्य बत्ती अन्य बत्तीहरुको तुलनामा गुणस्तरीय,भरपर्दो,आर्कषक र टिकाउ हुने गर्दछ । त्यसैले गुणस्तरीय एलईडी प्रयोग भएका झिलिमिली बत्तीहरुको प्रयोग बढेकै कारण व्यापारमा कमी आएको साथै उपभोक्ताहरुमा गत वर्षकै स्टक रहेकोले पनि व्यापारमा कमी आएको महासंघले जनाएको छ । बजारमा झालर, लाईट, फोटो, स्टिकर, रंगिन बल्ब पाइप, फोकस लाईट लगायतका विभिन्न प्रकारका झिलिमिली बत्तीहरू पाईन्छन् । ती मध्ये विशेष गरी उपभोक्ताहरूले लामो तथा छोटो प्रकारका झालर झिलिमिली बत्तीहरू बढी रुचाउने गरेको पाइनुका साथै विभिन्न देवी देवताहरुको फोटोहरु किन्ने गरेको देखिन्छ । यो वर्ष बजारमा सबैभन्दा बढी झालर बिक्रि भएको उपाध्यक्ष देवकोटाले बताए । महासंघले झिलिमिली बत्तीको मूल्य भने अघिल्लो वर्षको तुलनामा नबढ्ने दाबी समेत गरेको छ । झिलिमिली बत्ती लक्ष्मी पूजाको दिनसम्म मात्र बिक्री हुने गर्दछ ।
 
वास्तविक विद्युतीय व्यवसायीहरु मर्कामा

विशेष गरी तिहारको बेलामा अत्याधिक बिक्रि हुने झिलिमिली बत्तीहरुको व्यापार असाधारण रुपमा बिक्रि वितरण हुने भएकोले वास्तविक व्यवसायीहरु मर्कामा पर्ने गरेको छ । फुटपाथ तथा किराना पसल,भाँडा पसल,मोवाइल पसल लगायतका अन्य पसलहरुमा समेत बिक्रि गर्ने भएकोले वास्तविक व्यवसायीहरु समस्यामा परेको हो । सम्बन्धित निकायको फितलो अनुगमन कै कारण फर्म दर्ता भए विपरित व्यापार गर्ने गरेको छ । प्रथम उपाध्यक्ष देवकोटाका अनुसार महासंघ मार्फत वास्तविक विद्युत व्यवसायीहरुले मात्र व्यवसाय गर्न पाउनु पर्ने विषयमा सम्बन्धित निकायमा पहल गर्दै आइरहेपनि बेवास्थाका कारण व्यवसायीहरु समस्यामा परेको बताए ।   
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago