भर्खरै

भरतपुर अब २४ सै घण्टा उज्यालो,२० करोडको लागतमा स्मार्ट लाइट जडान हुने

  • प्रकाशित मिति : Wed-23-Oct-2019
  • -
title

चितवन,कात्तिक ६ । भरतपुरलाई उर्जामा नमुना महानगरको रुपमा विकास गरिने भएको छ । आज (बुधवार) भरतपुर महानगरपालिकामा आयोजित अन्तरकृया कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २० करोडको लागतमा स्मार्ट स्ट्रीट लाइट जडान गर्न लागिएको जानकारी दिए ।
 
उनले भने, ‘नेपाल सरकारले एउटा मोडेल प्रोजेक्टको रुपमा भरतपुरमा स्मार्ट स्ट्रीट लाइट जडान गर्न लागेको छ, त्यसका लागि २० करोड रुपैंया विनियोजन गरेका छौं ।’ उनले भरतपुर महानगरपालिकाको योजना अनुरुप मन्त्रालयले कार्यक्रम स्वीकृत गरेको जानकारी दिए ।‘चितवन देशकै केन्द्र भागमा रहेको जिल्ला हो, मन्त्री पुनले भने’,चितवनलाई उदाहरणिय सहरको रुपमा विकास गर्नपनि यो योजना स्वीकृत गरेका हौं ।’
 
मन्त्री पुनले भने, ‘स्ट्रीट लाइट जडान गरेर महानगरलाई स्मार्ट गराउन लागेका हौं । अध्यारो हुँदै जान्छ बल्दै जान्छ,उज्यालो हुँदै जान्छ निभ्दै जान्छ । आकाशबाट हेर्दा भरतपुर कहिल्यै पनि अध्यारो देखिदैन ।’ यो परियोजना ललितपुरले सानो स्केलमा गरेको र काठमाण्डौं महानगरपालिका पनि यसका लागि इच्छुक रहेको मन्त्री पुनले जानकारी दिए ।
नारायणी अनलाइन

प्रतिक्रिया