भर्खरै

नेपालमा नै झिलिमिली बत्ती उत्पादन गर्न सकिन्छ

  • प्रकाशित मिति : Sun-27-Oct-2019
  • - राजेन्द्र बैष्णव, अध्यक्ष, काठमाण्डौ विद्युतीय व्यवसायी संघ
title

 
हिन्दु धर्मावलम्वीहरुको दोस्रो महान पर्व तिहार, बत्तीहरुको पर्व हो । लोडसेडिङको अन्त्यसँगै पछिल्लो समय तिहारमा झिलिमिलि बत्ती प्रति उपभोक्ताहरुको मोह बढ्दै गएको छ । तिहारमा झिलिमिलि बत्तीले घर सजाउने प्रचलन नै बसिसकेको छ । तिहारमा झिलिमिली बत्ती सहित अन्या विद्युतीय सामग्रीहरुको व्यापार बढी नै हुने गरेको छ । काठमाण्डौ उपत्यकामा झिलिमिली बत्तीको व्यापार राम्रो छ । गत वर्ष र यो वर्ष झिलिमिली बत्तीको व्यापार समग्रमा उचित छ । यद्यपी झिलिमिली बत्तीको व्यापार विशेष गरी तिहारको समयमा मात्र हुने गरेका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाका कारण  आयातित मूल्य भन्दा कम मूल्यमा समेत झिलिमिली बत्ती बिक्रि गर्नु पर्ने अवस्था छ । 
तिहारमा झिलिमिलि बत्ती विद्युतीय व्यवसायीहरुले मात्र होइन फुटपाथ, गिफ्ट पसल, मोवाइल पसल लगायतका व्यवसायीहरुले पनि बिक्रि वितरण गर्ने गर्दछन् ।  विद्युतीय व्यवसायीहरु मार्फत नै ती व्यवसायीहरुमा जाने र बिक्रि वितरण गर्ने हुँदा यसले विद्युतीय व्यवसायीहरुलाई भने खासै प्रभाव पारेको छैन । तिहार विशेष झिलिमिली बत्तीहरु नेपालमा विशेष गरी करिव ९० प्रतिशत चीन बाट आयात हुने गर्दछ भने १० प्रतिशत भारत सहित अन्य मुलुकबाट आयात हुने गरेको छ । नेपालमा बिक्रि वितरण हुने झिलिमिली बत्तीहरु शत प्रतिशत आयातित नै हुन् । झिलिमिली बत्ती नेपालमा नै उत्पादन गर्न सकिन्छ । यद्यपि कच्चापदार्थ आयात गरी उत्पादन गर्दा, आयात गरिएको झिलिमिली बत्ती भन्दा महंगो पर्न जाने हुँदा नेपालमा उत्पादन हुन नसकेको हो । तिहारमा मात्र झिलिमिली बत्ती बिक्रि हुने र बजार सानो भएका कारण पनि नेपालमा झिलिमिली बत्ती उत्पादन नभएको हो । 

प्रतिक्रिया