भर्खरै

झिलिमिलि बत्तीको व्यापार घट्दो छ

  • प्रकाशित मिति : Sun-27-Oct-2019
  • - प्रकाश चन्द्र पाण्डेय, अध्यक्ष, रुपन्देही विद्युतीय व्यवसायी संघ
title
 
तिहार विद्युतीय व्यवसायीहरुका लागि अबसर र झिलिमिली बत्तीको व्यापार हुने  विषेश समय हो । हिन्दु धर्मावलम्वीहरुको दोस्रो महान पर्व तिहारमा आफ्ना घर आँगन सजाउनका लागि उपभोक्ताहरुले झिलिमिली बत्ती खरिद गर्ने गर्दछन्  । तर विगत २ वर्ष यता रुपन्देही क्षेत्रमा झिलिमिली बत्तीको व्यापार घट्दो क्रममा छ । तिहार नजिकिए पनि व्यवसायीहरुमा खास उत्साह छैन । भारत सँगको खुल्ला सीमा, सामग्री आयातमा लाग्ने उच्च करका साथै उपभोक्ता सँग नै स्टक झिलिमिली बत्तीहरु हुँदा व्यापार घट्दै गएको हो । गत वर्ष भन्दा  झिलिमिली बत्तीको मूल्य केही कम भए पनि उपभोक्ताहरुले झिलिमिली बत्ती खासै किनेको देखिदैन । नेपालमा लोडसेडीङ अन्त्य भए पनि उपभोक्ताहरुसँग स्टक झिलिमिली बत्तीहरु हुँदा व्यापार घटेको हो भने वास्तविक विद्युतीय व्यवसायीहरुले भन्दा  गिफ्ट सप, मोवाइल पसल, किराना पसल जस्ता विभिन्न नाममा दर्ता भएका र्फमहरुबाट पनि झिलिमिली बत्तीको व्यापार हुने गरेका कारण  व्यापार घट्दै गएको हो । 
वास्तविक विद्युतीय व्यवसायीहरुले भन्दा अन्य व्यवसायीले तिहार विशेष झिलिमिली बत्ती बिक्रि नगर्न र बिक्रि गरेको पाएमा त्यसको नियन्त्रण गर्न  वाणिज्य कार्यालय, भैरहवा लाई  रुपन्देही विद्युतीय व्यवसायी संघको तर्फबाट आग्रह गर्दै आएको भए पनि त्यसको नियन्त्रण हुन सकेको छैन । बजारमा हुने यस्ता क्रियाकलापको नियन्त्रका लागि नेपाल सरकारको बाणिज्य, आपूर्ति तथा उपभोता संरक्षणले अनुगमन गर्न पर्दछ ।  त्यस्तै जिल्ला संघ र विद्युतीय व्यवसायीहरुको हक हितका लागि नेपाल विद्युतीय व्यवसायी महासंघले आवश्यक  कार्य गर्नुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago