भर्खरै

तिहारमा झिलिमिलि बत्तीको प्रयोग र त्यसको उपयोगिता

  • प्रकाशित मिति : Sun-27-Oct-2019
  • - रुद्रकुमारी श्रेष्ठ
title

 
तिहार हिन्दु धर्मावलम्वीहरुको दोस्रो महान् पर्व हो । तिहारको आफ्नै धार्मिक तथा मौलिक महत्व छ । तिहार विशेष गरी दाजु बहिनि तथा दिदि भाई बीच आत्मिय सम्बन्ध स्थापना गर्ने पर्व हो, भने यसलाई बत्तीहरुको पर्व पनि भनिन्छ । तिहारमा  जताततै झिलिमिली बत्तीहरु बाल्ने गरीन्छ । पछिल्लो समय विशेष गरी सहर देखि गाउँ सम्म विद्युत आपूर्ति सहज भएका स्थानमा विद्युतीय झिलिमिली बत्तीहरुको प्रयोग बढी हुने गरेको छ । 
झालर, डिक्स लाईट लगायतका विभिन्न प्रकारका झिलिमिली बत्तीहरु बालेर तिहारको समयमा घर तथा चोकहरु सजाउने प्रचलन बढेको छ । विद्युतको सहज आपूर्ति तथा लोडसेडिङ्गको अन्त्यले विगतका वर्षहरुमा भन्दा अहिले झिलिमिलि बत्तीका साथै अन्य विद्युतीय सामग्रीहरुको प्रयोग समेत बढेको छ । झिलिमिली बत्तीको प्रयोग हरेक वर्ष बढ्दै गएको भए पनि नेपालमा नै झिलिमिली बत्ती उत्पादन भने  हुन सकेको छैन । हरेका वर्ष चीन, भारत लगायत अन्य मुलुकहरुबाट झिलिमिलि बत्तीको आयात हुने गरेको छ । नेपालमा आयात  हुने झिलिमिली बत्तीहरु ९० प्रतिशत चीन बाट आयात हुने गरेको छ भने १० प्रतिशत भारत लगायत अन्य मुलुकबाट आयात हुँदै आएको छ । नेपालमा वर्षेनी अर्बौ रुपैयाँको झिलिमिली बत्ती आयात हुने गरेको छ । तिहारमा झिलिमिलि बत्तीको प्रयोगले घर सुन्दर देखे पनि देशको अर्थतन्त्रमा भने ठूलो असर पारीरहेको छ । झिलिमिली बत्तीको बढ्दो प्रयोग र त्यसको आयातले देशलाई परनिर्भरता तर्फ धकल्दै गएको छ । यस प्रति सरकार र सरोकारवाला निकायले विशेष ध्यान दिन जरुरी छ । नेपालमा नै झिलिमिली बत्ती लगायत अन्य विद्युतीय सामग्री उत्पादनका लागि सरकारले उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्दछ भने उद्योगको वातावरण सिर्जना गर्नुपर्दछ ।  
 
 लिडजन्य विद्युतीय सामग्री प्रयोग 

तिहारमा झिलिमिली बत्तीको मात्र होइन अन्य विद्युतीय सामग्रीहरुको प्रयोग पनि बढि नै हुने गर्दछ । झिलिमिली बत्ती लगायत फ्रिज, ओभन, हिटर, ग्राइन्टर जस्ता विद्युतीय सामग्रीको प्रयोग बढी हुने गर्दछ । यस्ता विद्युतीय सामग्रीहरु प्रयोग गर्दा कतिपय अवस्थामा थाहा नै नभई विद्युत खेर जाने गर्दछ । विद्युत खेर जान नदिनका लागि अनावश्यक समयमा प्लग छुटाउने, स्वीच अफ गर्ने गर्नु पर्दछ । त्यस्तै तिहारमा प्रयोग  हुने झिलिमिली बत्तीहरु पनि लिड जन्य झिलिमिली बत्ती बाल्नु पर्दछ । लिड जन्य सामग्री प्रयोग गरे एकातर्फ विद्युत बचत हुन्छ भने अर्कातर्फ विद्युत महशुल समेत कम पर्दछ । यसमा उपभोक्तहरु सचेत हुन जरुरी छ । 
 
विद्युतीय सामग्रीको प्रयोगमा सचेत हुनुपर्छ 

हाल विकास भएका प्रविधिले मानिसको जीवनशैलीलाई सहज र सरल बनाएको छ । यद्यपि ती प्रविधियुक्त सामग्री प्रयोग गर्न नजानेको खण्डमा भने धनजनको समेत क्षति हुने गरेको छ । विशेष गरी तिहारको समयमा विद्युतीय सामग्रीहरुको प्रयोग बढी हुने हुँदा यसको  प्रयोगमा पनि उपभोक्ताले ध्यान दिनु पर्छ । त्यस्तै चाडपर्वमा विद्युत बढी खपत हुने हुने हुँदा विद्युत प्राधिकरणले पनि विद्युत आपूर्ति सहज बनाउनु पर्दछ । 

प्रतिक्रिया