भर्खरै

महशुल नबुझाउने ग्राहकको लाइन काट्टै प्राधिकरण

  • प्रकाशित मिति : Fri-01-Nov-2019
  • - Admin
title
 
लहान,कात्तिक । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लहानले विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काट्ने भएको छ । प्राधिकरणमा २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने भएको हो । 
 
विद्युत प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले  लामो समयदेखि ग्राहकले विद्युत महशुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको बताए ।
प्रमुख यादवका अनुसार गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिकतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको जानकारी दिए । 
विद्युत प्राधिकरण लहानका अनुसार रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालबाट रु १५ लाख १४ हजार १९२, लाहान नगरपालिकाबाट रु तीन लाख २० हजार, इलाका हेल्थपोष्ट भगवानपुरबाट रु तीन लाख ४८ हजार, इलाका वन कार्यालय धनगढीबाट रु एक लाख नौ हजार ५६१, जिल्ला वन कार्यालय लहानबाट रु ९७ हजार ८८८, जनता मावि बाखरबाट रु एक लाख २१ हजार २१४, मावि अयोध्यानगरबाट रु एक लाख ७३ हजार, ७६७, मावि बरियारपट्टीबाट रु एक लाख १२ हजार ८४७, मावि पिप्राबाट रु ८३ हजार, मावि पडरियाबाट रु ६४ हजार २७५ बक्यौता असुल्न बाँकी रहेको छ ।
 
यस्तै हेल्थपोष्ट सीतापुरबाट रु ७६ हजार ७३०, हेल्थपोष्ट छपरारीबाट रु ४५ हजार, नेपाल रेडक्रस सोसाइटी दहीपुरबाट ७८ हजार ३४६, कोल्ड चेञ्जरबाट रु दुई लाख २८ हजार ३३१, राष्ट्रिय वाणिज्य बैंक सुखीपुरबाट रु एक लाख ८ हजार ७००, इलाका हुलाक कार्यालय भगवानपुरबाट रु ५५ हजार, कृषि सेवा केन्द्र भगवानपुरबाट रु ८३ हजार ९६८, कृषि सेवा केन्द्र धनगढीबाट रु ७० हजार १२० बक्यौता असुली गर्न बाँकी रहेको विद्युत् प्राधिकरण लाहानले जनाएको छ ।
विद्युत महसुल लामो समयदेखि नबुझाउने ग्राहकहरुको लागत तयार गरिसकेको र तिहारलगत्तै यस्ता ग्राहकको लाइन काट्ने योजना बनाएको प्रमुख यादवको भनाइ छ । विद्युत महसुल बुझाउन ताकेता गर्दासमेत लामो समय महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटिने प्रमुख यादवले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago