भर्खरै

३ अर्बको ट्रान्सफर्मर अलपत्र

  • प्रकाशित मिति : Fri-01-Nov-2019
  • - कृष्ण सारु मगर
title
 हेटौंडा ,कात्तिक ।  करिब ३ अर्ब रुपैयाँ मूल्यपर्ने विद्युत् ट्रान्सर्फर हेटौंडामा बेवारिसे अवस्थामा राखिएको छ। आर्थिक वर्ष २०७५/७६ मा विद्युत् प्राधिकरणले खरिद गरेका ट्रान्सफर्मर ६ महिनादेखि हेटौंडा १०, टीसीएनस्थित चौर र हेटौंडा ४ स्थित व्यक्तिको जग्गामा बेवारिसे अवस्थामा छ।
 स्थान अभावका ट्रान्सफर्मर चौरमा राखिएको प्राधिकरणको प्रदेश ३ डिभिजन कार्यालययले जनाएको छ। ट्रान्सफर्मर २ अर्ब ९१ करोड रुपैयाँमा खरिद गरिएको हो। स्थान अभावका कारण हेटौंडा १० स्थित टीसीएन चौरमा हेटौंडा उपमहानगरपालिकाको स्वीकृति लिएर र हेटौंडा ४ मा व्यक्तिको जग्गा भाडामा लिएर राखिएको कार्यालयले जानकारी दिएको छ। अर्बौं खर्च गरेर खरिद गरिएका ट्रान्सफर्मर हिलो र घाँसैघाँस भएको चौरमा राखिएको भन्दै स्थानीबासीले आक्रोश व्यक्त गरेका छन्। ‘राज्यको पैसाले किनेको यस्तो महत्त्वपूर्ण सामन चौरमा राखेर बिग्रन थालेको छ तर कसैको ध्यान गएको छैन’, हेटौंडा १० का सुन्दर लामाले भने,‘झाडीभित्र ट्रान्सर्फमर हराउन थालेको छ।’ आर्थिक वर्ष २०७६/७७ का लागि देशभर वितरण गर्न २५ देखि चार सय केभीएसम्मको १३ हजार ट्रान्सफर्मर खरिद गरिएको थियो।
 
 विद्युत् प्राधिकरणले चारवटा आपूर्तिकर्ता कम्पनीमार्फत गत आर्थिक वर्ष खरिद गरेका १३ हजार ट्रान्सफर्मर मध्ये १० हजार ट्रान्सफर्मर आपूर्तिकर्ता कम्पनीले हेटौंडामा राखेको हो। विद्युत् प्राधिकरणको केन्द्रीय वक्र्ससप हेटौंडामा अनिवार्य परीक्षण गराउनुपर्ने यी ट्रान्सफर्मर प्राधिकरण आफैले समयमै परीक्षण गर्न नसक्दा अलपत्र परेको हो। केन्द्रीय वर्कसपले दैनिक ३० देखि ४० वटासम्म मात्र ट्रान्सफर्मर परीक्षण गर्न सक्ने प्राविधिक बताउँछन्। एकैपटक परीक्षण क्षमताभन्दा बढी ट्रान्सफर्मर हेटौंडामा झारिएकाले खुला चौरमा राख्न बाध्य भएको विद्युत् प्राधिकरण हेटौंडाका केन्द्रीय भण्डार प्रमुख बुद्धकुमार कार्र्कीले बताए। खुलाचौरमा राखिएको ट्रान्सफर्मर केन्द्रीय भण्डारमा नआएसम्म प्राधिकरणले यसको जिम्मेवारी नलिने सम्झौता छ। ‘सबै ट्रान्सफर्मर परीक्षण गरेर मात्र भण्डारणभित्र राख्ने गरेका छौं’, कार्कीले भने, ‘एकैपटक धेरै झारेकाले हामीसँग राख्ने ठाउँ अभाव छ।’
गत आर्थिक वर्षको बजेट भएकाले असार मसान्तसम्म आपूर्तिकर्ता ल्याइसक्नुपर्ने र परीक्षण नगरीभित्र राख्न नमिल्ने भएका कारण चौरमा राख्नुपरेको प्राधिकरणका कर्मचारी बताउँछन्। प्राधिकरणका प्रदेश ३ डिभिजन कार्यालयका डिभिजन प्रमुख केदारनाथ सिलवालले यहाँ राखिएका ट्रान्सफर्मर छिट्टै व्यवस्थित गर्ने र सबै जिल्लामा वितरण गरिने बताए। प्राधिकरण र आपूर्तकर्ता कम्पनीले मागअनुसार वितरण व्यवस्था नमिलाउँदा समस्या देखिएको हो। 
 
अन्नपुर्ण दैनिक 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago