माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनामा ४५ करोड २२ लाख डलर वैदेशिक लगानी, ९ वटा दातृ निकायसँग सम्झौतापत्रमा हस्ताक्षर

  • प्रकाशित मिति : Fri-01-Nov-2019
  • - प्रदिप श्रेष्ठ
title

काठमाडौं,कात्तिक ।  २१६ मेगावाटको माथिल्लो त्रिशुली a१ जलविद्युत आयोजनाका लागि रु.४५ करोड २२ डलर वैदेशिक लगानी ल्याउन द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
 
शुक्रबार राजधानीमा आयोजिक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन र अर्थमन्त्री डा। युवराज खतिवडाको उपस्थितीमा  विभिन्न ९ वटा अन्र्तराष्ट्रिय दातृ निकायसँग आज द्धिपक्षीय सम्झौता भएको हो । यो वैदेशिक लगानी नेपालको जलविद्यत क्षेत्रको हालसम्मकै ठूलो लगानी  हो ।  
 
योे आयोजना निर्माणका लागि कोरियाली लगानीकर्ताले नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट नामक कम्पनी स्थापना गरेको छ ।
सम्झौता अनुसार आइएफसीले १६ करोड १३ लाख, एडीबीले ६ करोड, एशियाली पूूर्वाधार लगानी बैंकले ३ करोड ९६ लाख, कोरियाली निर्यात आयात बैंकले १० करोड, कोरिया डेभलपमेन्ट बैंकले ३ करोड ८ लाख डलर ऋण लगानी गर्नेछन् ।
त्यसैगरी, सीसीडी ग्रुपले २ करोड १९ लाख, नेदरल्याण्ड डेभलपमेन्ट फाइनान्स कम्पनीले १ करोड ५४ लाख, फ्रेन्च डेभलपमेन्ट फाइनान्सियल इस्टिच्युशनले १ करोड १० लाख, अन्तर्रा्ष्टिय विकाकसका लागि ओपेक फण्डले १ करोड ३२ लाख डलर ऋण लगानी गर्नेछन् ।
निर्माण अवधिको ब्याज समेत गरी कुल ६४ अर्ब ७३ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना २०८१ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
 
लामो समय अमेरिकी डलरमा विद्युत खरिद सम्झौता (पीपीए) गर्ने वा नगर्ने भन्ने विवादमा परेको आयोजनाको गत वर्ष मात्रै उक्त सम्झौता भएको थियो । तोकिएको समयभन्दा करिब ४ वर्षपछि उक्त सम्झौता भएको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेनट कम्पनीले आयोजना अब भने तोकिएको समयमा पूरा गर्ने दाबी गरेको छ ।
सन् २००७ मा अनुमति पत्र लिएको उक्त कम्पनीले लामो प्रयासपछि शुक्रबार वित्तीय सम्झौता गर्ने चरणमा आइपुगेको हो ।
आयोजनामा कोरिया साउथ वेस्ट पावरको ५२ प्रतिशत सेयर स्वामित्व छ । आम कोरियाली लगानीकर्ता समेत उसको सेयर हिस्सा ७८ प्रतिशत छ भने नेपाली साझेदारको १० प्रतिशत र आईएफसीको १२ प्रतिशत हिस्सा छ ।
 
सन् २०१६ को डिसेम्बरमा परियोजना विकास सम्झौता गरेको कम्पनीले गत वर्ष मात्रै प्राधिकरणसँग पीपीए गरेको हो ।
प््राधिकरणले आयोजनाको विद्युत सुख्खायाम र वर्षायाममा क्रमश ः रु.८.४० र ४.८० प्रति युनिटका दरमा खरिद गर्ने सम्झौता भएको छ । स्वदेशी लगानीमा निर्माण हुने आयोजनाहरु जस्तै यो आयोजनालाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ वटा साधारण मूल्यवृद्धि पाउने व्यवस्था गरिएको विज्ञप्तमिा उल्लेख गरिएको छ । 
 
रसुवाको धुञ्चे र मैलुङको बीचमा पर्ने हाकुमा निर्माण हुने विद्युतगृहमा ७२ मेगावाट क्षमताका ३ वटा टर्वाइन राखिनेछ । आयोजनाबाट उत्पादित विद्युत २२० केभी क्षमताको प्रसारण लाइनमार्फत् निर्माणधिन त्रिशुली थ्री बी सव–स्टेसनमा जोडिनेछ ।
आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट उर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादन हुने उर्जामध्ये ३८.७५ प्रतिशत हिउँद याममा ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ ।

प्रतिक्रिया