बझाङमा हाइड्रोपावरको सुरुङभित्र ४ जना मजदुर फसे

  • प्रकाशित मिति : Mon-04-Nov-2019
  • - Admin
title

 काठमाण्डौ, कात्तिक । बझाङको बुङल नगरपालिकास्थित अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा ४ जना मजदुर भित्र फसेका छन्।
सुरुङभित्र फस्नेहरुमा बझाङका महेन्द्रबहादुर शाही, शेरसिंह धामी, अछामका महेन्द्र साउद र दैलेखका कर्णबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।
 
प्रहरीका अनुसार आइतबार साँझ उक्त घटना भएपनि आजसम्म ती मजदुरहरूको उद्धार हुन सकेको छैन। उनीहरूको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रातभर खटिएपनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको छ । घटनास्थल सदरमुकामबाट गाडीमा जाँदा ४ घण्टाभन्दा बढी लाग्ने बताइएको छ। उक्त सुरुङ कम्तिमा पनि ४ किलोमिटर रहेको बताइएको छ। सभार ः लोकपथ

प्रतिक्रिया