भर्खरै

विद्युत नपुग्दा पिल्लरीफाँटा अन्धकारमा

  • प्रकाशित मिति : Mon-04-Nov-2019
  • - Admin
title
कञ्चापुर, कात्तिक ।  कञ्चनपुरको उत्तरी चुरे क्षेत्रसँग जोडिएको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटामा विद्युत लाइन विस्तार नहुँदा गाउँ नै अन्धार बनेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कलुवापुर बजारदेखि करिब १२ किलोमिटर उत्तरमा रहेको पिल्लरीफाँटामा विद्युत लाइन विस्तार हुन सकेको छैन ।
गाउँमा विद्युतीकरण नहुँदा उज्यालोसँगै अन्य सेवा तथा सुविधाबाट समेत वञ्चित हुनुपरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । मोवाइल चार्ज गर्न, कुटानी–पिसानी, सिँचाइका लागि मोटर जडान गर्न नसकएको स्थानीय गुनासो छ ।  
केही स्थानीय बासिन्दाले सौर्यबत्ती जडान गरेका भए पनि आर्थिक रूपमा विपन्न परिवारले सौर्यबत्ती पनि जाडन गर्न सकेका छैन् । 
२५ वर्षदेखि विद्युतको माग गर्दै आएपनि सम्बन्धित निकायले वास्ता नगरेको स्थानीय बासिन्दाको गुनासो छ ।  शुक्लाफाँटा नगरपालिकाले पिल्लरीफाँटामा छिट्टै विद्युतिकरण गरिने जनाएको छ । नेपाल विद्युत प्राधिकरण र नगरपालिकाले विद्युत विस्तार गर्ने प्रक्रिया अघि बढाएको मेयर दिलबहादुर ऐरले बताए । गाउँमा विद्युतीकरणका लागि ठेक्का भइसकेको छ, अब छिट्टै काम हुने मेयर ऐरल बताए । उनका अनुसार करिब दुई सय विद्युतका पोल, दुई सय ट्रान्सफर्मर जडान गर्नुपर्ने बताए ।  अहिले १० पोल गाडिएका छन् भने बाँकी पोल गाडेर तार जडान गर्ने र तीन महिनाभित्रै घरघरमा विद्युत् पुग्ने उनको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago