अपर कालंगागाडको सुरुङमा फँसेका ४ जना कामदारको मृत्यु

  • प्रकाशित मिति : Tue-05-Nov-2019
  • - Admin
title

काठमाण्डौ,  कात्तिक । बझाङको बुङल नगरपालिका स्थित  निर्माणधिन ३८.४६ मेगावाट क्षमताको अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र  फसेका ४ जना कामदारको मृत्यु भएको छ । 
सुरुङ भित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा ४ जना मजदुरको सुरुङ भित्र नै मृत्यु भएको हो । 
सुरुङमा फँसेको २४ घन्टापछि सोमबार उनीहरु मृत अवस्थामा भेटिएका थिए । काठमाडौंबाट गएको सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयको उद्दार टोलीले सुरुङभित्र पसेर मृतकको सब बाहिर निकालेको हो । 
मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका–३ स्थायी ठेगाना भएका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, बझाङको बुंगल नगरपालिका–१ का शेरसिंह धामी तथा अछामको तुर्माखाँद–६ का महेन्द्र साउद रहेको बझाङ प्रहरीले जनाएको छ । मृतक सबै आयोजनाको सिभिल ठेकेदार कम्पनीमा आवद्ध कामदार हुन् । आइतबार ट्र्याक्टर लिएर सुरुङ प्रवेश गरेका उनीहरुको अक्सिजन अभावमा निस्सासिएर मृत्यु भएको प्रहरीको अनुमान छ । घटना लगत्तै स्थानीय प्रहरीले सुरुङमा फसेकाहरुको उद्दार गर्ने प्रयास गरे पनि सम्भव नभएपछि काठमाडौंबाट उद्दार टोली हेलिकप्टरमा घटना स्थल पुगेर मृतक सबैको शव बाहिर निकालेको थियो । 
६ जना कामदार एकसाथ सुरुङभित्र गएकामा सास फेर्न समस्या भएपछि २ जनाले तत्काल बाहिर निस्किएर ज्यान जोगाएका थिए । आयोजनाको साढे ८ किलोमिटर सुरुङमध्ये करिब ५ किलोमिटर पूरा भएको छ । 

प्रतिक्रिया