भर्खरै

‘हरेक स्थानीय तहमा उद्योगग्राम’

  • प्रकाशित मिति : Fri-08-Nov-2019
  • -
title
सिन्धुपाल्चोक ,कात्तिक । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा उद्योगग्राम खोलेर युवालाई उद्यममा जोड्ने बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित युवा उद्यमी तालीम केन्द्र भवनको उद्घाटन गर्दै उनले युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्ने बताए ।
 
“हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौँ”, उनले भने, “प्रदेश सरकारले युवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान शुरु गरिसकेको छ ।” मुख्यमन्त्री पौडेलले युवाहरुलाई उद्यम र उत्पादनमा जुट्नसमेत आग्रह समेत गरेका छन् ।  विभिन्न गाउँ–ठाउँमा उत्पादित कृषि उत्पादनले बजार नपाएकाप्रति इङ्गित गर्दै  उनले प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत व्यक्त गरे । 
 
“बजार पाइँदैन भन्ने चिन्ता नगर्नुस्, हामी हरेकखाले उत्पादनलाई बजारको व्यवस्था गरिदिन्छौँ”, उनले भने, “सिन्धुपाल्चोकको उत्पादन चितवन जानसक्छ, चितवनको उत्पादन अब सिन्धुपाल्चोक आउनसक्छ ।” कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले उद्योगको विकास र उद्यमशीलताबाट नै प्रदेशलाई समृद्ध बनाउने अभियानमा सरकार अघि बढेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago