भर्खरै

साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालय

  • प्रकाशित मिति : Sun-10-Nov-2019
  • -
title
कास्की ,कात्तिक । पोखरा महानगरपालिका लगायतका संघसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
 
महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको रु पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको रु चार लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको रु एक लाख लगानीमा पोखराको मुख्यबजार क्षेत्र अमरसिंहचोकमा शौचालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद सुवेदीले बताए ।
 
शौचालय निर्माणका लागि रु २६ लाख ६६ हजार ३४३ खर्च भएको रु दुई लाख ३१ हजार ७५९ अपुग रहेको बताइएको छ । दुई तलाको सो भवनको तल्लो तलामा बाल तथा अपाङ्गमैत्री सेन्सरजडित तथा पर्याप्त मात्रामा पानीको व्यवस्था छ । महिला तथा पुरुष छुट्टाछुट्टै शौचालयमा एक पटकमा तीन÷तीन जना जान मिल्ने रहेको छ । शौचालय वरिपरिको क्षेत्रमा विभिन्न फूल तथा बिरुवाको बगैँचा बनाएर सुन्दरता प्रदान गर्ने योजनासमेत रहेको बताइन्छ ।
 
पर्यटकीय शहर पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भइरहेपनि बजार क्षेत्रमा शौचालय नहुँदा पर्यटकले सास्ती पाएका थिए । महानगरले बजारका अन्य प्रमुख चोकहरुमा समेत शौचालय निर्माण गर्ने योजना अघि सारेको छ । शनिबार स्मार्ट शौचायलको उद्घाटन गर्दै महानगरप्रमुख मानबहादुर जिसीले संघसंस्थाको समेत लागत साझेदारीमा निर्माण गरिएकाले उचित संरक्षण तथा व्यवस्थापन हुने विश्वास व्यक्त गरे । 
 
महानगरले चालू आर्थिक वर्षभित्रमा बजार अन्य मुख्य चोकहरुमा समेत शौचालय निर्माणका लागि बजेट विनियोजन गरिएको र यसै वर्ष काम शुरु गरिने उनले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago