भर्खरै

नेपाल-चीनबीच पनि सीमा विवाद, आधा दर्जन सीमास्तम्भ गायब

  • प्रकाशित मिति : Sun-10-Nov-2019
  • - विद्युत संसार संवाददाता
title
 काठमाण्डौं,कात्तिक ।  चीनसँगको सीमा विवाद खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा विवाद बाहिर नआएको हो। 
 
नापी विभागका महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनका अनुसार सगरमाथाको उचाइ र दोलखामा रहेको ५७ नम्बर पिल्लरमा समस्या रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ। नेपाल चीन सीमाका अन्य ठाउँमा सामान्य विवाद छ भने झण्डै आधा दर्जन सीमास्तम्भ गायब छन्। नेपाल चीन सीमाको लम्बाइ एक हजार चार सय १४ किलोमिटर छ। पूर्व सिक्किम सीमादेखि पश्चिम लिपुलेकसम्म ६९ वटा सीमा स्तम्भ छन्। 
 
तीमध्ये सन् २००५ मा भएको सुररिवेक्षणमा ३७, ३८ र ६२ नम्बरका सीमा भेटिएका थिएनन्। ३७ र ३८ नम्बर स्तम्भ गोरखाको तोम सीमांकन हुँदैदेखि स्तम्भ भेटिएको थिएन। सोलुखुम्बुको नाम्पा भन्ज्याङ्मा रहेको ६२ नम्बरको स्तम्भ पनि छैन। ठूलो समस्याचाहीँ ५७ नम्बर स्तम्भमा छ। दोलखाको लामाबगर पूर्वपट्टीको कार्लाङपारिको टुप्पोमा हुनुपर्ने स्तम्भ पहाडको फेदमा छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago