महसुल नतिर्ने ग्राहकलाई किस्ताबन्दीमा महसुल तिर्न प्राधिकरणको पत्र

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title

 
काठमाडौं,कात्तिक ।  नेपाल विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड र ट्रड्ढ लाइन लिएर तोकिए अनुसार महसुल भुक्तानी नगरेका ग्राहकलाई किस्ताबन्दीमा महसुल तिर्न पत्र पठाएको छ । प्राधिकरणको कात्तिक १६ र १७ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार नै 
उद्योगीलाई मर्का नपर्ने गरी किस्तामा महशुल तिर्ने निर्णय गरेको हो । प्राधिकरणले सोही निर्णय अनुसार रघुपति जुट मिललाई ४४ किस्तामा महसुल तिर्ने गरी निर्णय गरी त्यसको जानकारी समेत गराएको छ । प्राधिकरणले प्रति किस्ता रु २७ लाख पाँच हजार ८०० को दरमा ४४ किस्ता गरी रकम तिर्न पाउने भएको छ । प्राधिकरणलाई रघुपति जुट मिलले बुझाउन बाँकी रहेको छुट बिल रु ११ करोड ९० लाख ५५ हजार २१९ रहेको छ ।  उद्योगले किस्ताबन्दीमा सहुलियत माग गरेकोमा प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको निर्णय अनुसार किस्ताबन्दीमा महसुल तिर्न पाउने गरी व्यवस्था गरिएको हो ।
 प्राधिकरणले तय गरेको किस्ता नबुझाएमा प्राधिकरणको विद्युत वितरण नियमावली २०६९ अनुसार शुरु किस्ता कायम गरिएको रकममा समेत नियमानुसार थप दस्तुर कायम गरिनेछ ।   प्राधिकरणको विराटनगर वितरण केन्द्रका निमित्त प्रमुख ध्रुव अधिकारीले उद्योगीलाई किस्ताबन्दीमा महसुल उपलब्ध गराउन पत्राचार गरिएको र अन्य उद्योगीलाई पनि सोही सुविधा दिइने जानकारी दिए । प्राधिकरणले डेडिकेटेड र ट्रड्ढ लाइनको मात्रै कूल रु ११ अर्ब महसुल उठाउन बाँकी रहेको छ ।

प्रतिक्रिया