नवलपुर विद्युत व्यवसायी संघद्धारा सोलार जडान
- प्रकाशित मिति : Wed-13-Nov-2019
- - Admin

नवलपुर,कात्तिक । नवलपुर विद्युत व्यवसायी संघद्धारा कावासोती स्थित नारायणी नदीको किनारामा रहेको हुमन कुण्ड भवनलाई सोलार जडान गरेको छ । विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको यस संघले गत बिहिबार हुमन कुण्डको भवनमा (जहाँ क्रियापुत्रीहरु समेत बस्ने गर्दछ ) सोलार जडान गरेको हो । हालको बजारमूल्य अनुसार अनुसार १० हजार मूल्य बराबरको २० वाटको सोलार जडान गरिएको नवलपुर विद्युत व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम भुसालले बताए । उनले भने हामी आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुमा सक्रिय भएर लाग्ने उनको भनाई रहेको छ । संघको आगामी पुस ११ गते प्रथम साधारण सभा तथा प्रथम अधिवेशन हुने संघका सचिव ध्रुव भट्ठराईले जानकारी दिए ।