भर्खरै

नेपालको जलविद्युत क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दो

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title
 
नेपालमा जलविद्युतको इतिहास सुरुवात भएको पनि १ सय ८ वर्ष भईसकेको छ । १९९८ बाट सुरु भएको यो जलविद्युतको यात्रा हाल सम्मको परिस्थति सम्म आइपुग्दा धेरै परिवर्तनहरु भइसकेको छ । हाम्रो देश नेपाल ब्राजिल पछिको जलस्रोतको दोस्रो धनी देशका रूपमा संसारभर परिचित हुँदै आइरहेको 
छ । 
 अटुट रूपले बग्ने यहाँका नदी, ताल, तलैया, खोला लगायत ६ हजार संख्या भन्दा बढी रहेका धेरै स–साना देखि ठूला–ठूला नदीहरूले यहाँको प्राकृतिक सौन्दर्यलाई नै मोहित बनाएको छ । बर्खाको समयमा त झन् यी खोला–नदीहरूले निकै ठूलो रुप लिने गर्छ । नदी नाला तथा प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएको देशको रुपमा नेपाललाई चिनिने गर्दछ ।  तर हाम्रो देशमा रहेको स्रोत साधनको सहि सदुपयोग भने गर्न सकिरहेको अवस्था छैन । स्रोत साधनको उपयोग गर्ने दक्ष तथा प्राविधिक  ज्ञानको कमीका कारण भएका स्रोत साधनहरु पनि खेर गईरहेको छ ।  
 
 पछिल्लो समयमा नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी आउने क्रम निकै नै बढी रहेको छ । हालसालै मात्र रसुवा जिल्लामा निर्माण हुन लागेको २१६ मेगावाटको माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनालाई ५१ अर्ब १८ करोड रुपैंया वैदेशिक लगानी परेको छ । आयोजनाको काम अगाडि बढाउन चिनियाँको केही कम्पनीले लगानी गर्ने सरोकार समक्ष सहकार्य गरेको छ । अब त्यस ठाउँमा पनि छिट्टै टेन्डर आह्वान गरी काम धमाधम अगाडि बढ्छ । त्यस्तै अन्य केहि जलविद्युत आयोजनाहरुमा पनि लगानी गर्न भने विदेशी लगानीकर्ता निकै नै उत्साहित देखिन्छ । यसरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले लगानी गर्दा हाम्रो मुलुकको आर्थिक विकास हासिल हुनुका साथै सुखी नेपाली समृद्ध नेपालको नारा सँगै देश समृद्धितर्फ अघि बढ्न समेत टेवा पुग्छ ।
सप्तकोसी (सातवटा नदीको मिलन), त्रिशूली, मस्र्याङ्दी, नारायणी, कर्णाली, तादी, सुनकोसी, तामाकोसी, भोटेकोसी, इन्द्रावतीलगायत धेरै ठूला नदीहरूबाट बर्खाको समयमा अत्यधिक मात्रामा पानीको बहाव उर्लेर आउने गर्छ भने मध्यपहाडी तथा तराईका धेरै ठाउँमा यी विभिन्न नदीहरुले कटान गरी अत्यधिक बस्तीहरु डुबानमा परेको धेरै यर्थाथ हामी सबै माझ सर्वविदितै छ । 
जलविद्युत क्षेत्रमा यति धेरै सम्भावना बोकेको हाम्रो देशको जलविद्युतको अवस्था भने त्यति राम्रो हुन सकेको छैन । स्रोत साधनको तुलनामा अत्यधिक मात्रामा जलविद्युत् उत्पादन कम भएको विभिन्न विश्लेषक तथा जलविद्युत विज्ञहरूको अनुमान छ । 
जलविद्युत क्षेत्रका लागि नेपाल सरकारले तयार गरेको ऐन नियमहरु निकै नै बाधक रहेका छन् । यसैकारण यसभन्दा पहिले नेपालको ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी कम हुने गरेको देखिन्छ । त्यसैले नेपाल सरकार तथा सरोकारवाला निकायहरुले पहिले यी बाधक ऐन नियमहरु संशोधन गर्नुपर्दछ । 
नेपालमा केहि समय यता देखि आयोजनाको काम गर्न अनुमतिपत्र लिने तर काम नगर्ने लहर चलेको छ । आयोजनाका कामहरु समयमा सम्पन्न हुन नसक्दा धेरै लगानीकर्ताको रकम जोखिमपूर्ण हुँदै गइरहेको छ । तर, अब त्यो असम्भव हुने भने पक्कै देखिएको छ । किनभने अहिले हाम्रो देशको विद्युतको कुल उत्पादनको ७५ प्रतिशत जति धेरै लगानीकर्ताले जलविद्युतमा लगानी गरिरहेका छन् । यसले गर्दा थप विद्युत् उत्पादनमा टेवा पुग्छ भने उत्पादन भएको विद्युत् भारत र बंगलादेशमा समेत निर्यात गर्न सकिन्छ । यसले देशको अर्थतन्त्रमा केही सकारात्मक सुधार आउने देखिन्छ । जति पनि जलविद्युत् 
उत्पादन क्षेत्रहरू हाम्रो देशभित्र छन्, ती सबै स्रोतसाधनका हिसाबले पनि निकै खर्चिलो तथा उत्पादन गर्न बढी लगानी गर्नुपर्ने देखिन्छ । यसमा पनि देशभित्र रहेका विभिन्न उत्पादक कम्पनीको सहकार्यमा लगानी गरी विद्युत् उत्पादन गर्न सहज हुन्छ भने नेपाल सरकारले पनि यस्ता जलविद्युत् क्षेत्रमा अत्यधिक लगानी गर्ने गर्छ । यसरी लगानी गर्दा मुलुकको आर्थिक विकास हासिल हुनुका साथै देश समृद्धितर्फ अघि बढ्नसमेत टेवा पुग्छ ।
त्यस्तै गरी हाम्रो देशमा प्रशस्त जलविद्युत् उत्पादनको सम्भावना भएकाले पनि विभिन्न दातृ संस्था तथा वैदेशिक लगानी पनि बढी भित्रिएको अवस्था छ । यति मात्रै होइन, अहिले धेरै ठाउँका मानिसहरूको जलविद्युतमा लगानी गर्ने चाहना बढेको छ । पुँजीबजारमा पनि अत्यधिक मात्रामा सर्वसाधारणले जलविद्युत्मा लगानी गर्छन् भने प्रतिफल पनि राम्रो पाउने गरेको लगानीकर्ताको भनाइ छ । यसरी दिन–प्रतिदिन जलविद्युत् क्षेत्रमा सर्वसाधारण तथा ठूला कम्पनीहरूले लगानी गर्नाले धेरै ठाउँमा विद्युत् उत्पादन बढ्छ भने आर्थिक रूपमा पनि सम्पन्न हुन्छ र देशको जलविद्युत् क्षेत्रमा पनि समृद्धि हासिल हुन्छ । त्यसैले पुँजीबजारमा पनि सर्वसाधारणका लागि विभिन्न जलविद्युत् कम्पनीहरूले शेयर निष्कासन गर्छन् । यसरी वर्तमान अवस्थामा धेरै जलविद्युत् क्षेत्रमा लगानी गर्नाले भविष्यमा राम्रै मुनाफा पाउने सर्वसाधारणको भनाइ छ भने अहिले अत्यधिक मात्रामा जलविद्युतमा लगानी बढेको समेत देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago