सातै प्रदेशका मुख्य शहरहरुमा नेपाल टेलिकमले गर्यो फोर जी सिम वितरण

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title

 
काठमाण्डौं ,कात्तिक । नेपाल टेलिकमले सातै प्रदेशका मूख्य शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ ।टेलिकमले यस फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धन गर्न अभियानकै रुपमा  गत कार्तिक २० गते बिर्तामोड र २२ गते वीरगन्जमा सिम वितरण गरेर कार्यक्रमको सुरुवात गरेको हो । 
त्यस्तै टेलिकमले आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा , कार्तिक २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने कार्यक्रम रहेको टेलिकमले जनाएको छ ।
टेलिकमले दिएको जानकारी अनुसार यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरुलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुने छ । यो विशेष अभियान अन्तर्गत  ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् । गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धन गरिएको जनाइएको छ । टेलिकमले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरे पश्चात् ग्राहकहरु माझ फोरजी सेवाको लोकप्रियता बढ्दै गईरहेको छ ।

प्रतिक्रिया