नेपाल इलेक्ट्रिसियन संघको साधारण सभा एवं अधिवेशन हुँदै

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title

 
काठमाण्डौ, कात्तिक । नेपाल इलेक्ट्रिसियन संघको १० औँ साधारण सभा एवं पाँचौँ अधिवेशन हुने भएको छ । आगामी पुस ५ गते बालाजु स्कुल अफ इन्जिनियरीङ्ग एण्ड टेक्नोलोजी कलेजमा संघको साधारण सभा एवं अधिवेशन हुने भएको हो ।
“राष्ट्र निर्माणमा विद्युत महान”  भन्ने मुल नाराका साथ हुने साधारण सभा तथा अधिवेशनमा इलेक्ट्रिसियनहरुको कार्यगत एकता, गुणस्तरयुक्त विद्युतीय सामग्री प्रयोगको सचेतना लगायत विषयमा जानकारी दिने, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने, संघको स्मारिका  बिमोचन गर्ने संघका महासचिव  तथा साधारण सभा कार्यक्रम संयोजक  प्रकाश कुमार दाहलले जानकारी दिए  । निर्वाचन समितिको गठन भएको पनि उनले जानकारी दिए । उनका अनुसार निर्वाचन प्रमुख संघका संस्थापक अध्यक्ष एवं सल्लाहकार प्रेम निधि कँडेल,  निर्वाचन सहायक निवर्तमान अध्यक्ष मुकेश के.सी रहेको बताए   ।  

प्रतिक्रिया