विद्युतीय व्यवसायीद्धारा रक्तदान कार्यक्रम हुँदै
- प्रकाशित मिति : Fri-15-Nov-2019
- - विद्युत संसार संवाददाता

काठमाण्डौं,कात्तिक । विद्युतीय व्यवसायीहरुको हकहितका लागि निरन्तर रुपमा काम गर्दै आइरहेको काठमाण्डौं विद्युतीय व्यवसायी संघले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वको कार्यहरु गर्दै आइरहेको यस संघले आगामी मंसिर २ गते सोमबार काठमाण्डौंको बिजुली बजार भवनमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
रक्तदान नै जीवनदान भन्ने नारालाई आत्मसाथ गरी कार्यक्रमको आयोजना गरेको काठमाण्डौं विद्युतीय व्यवसायी संघका अध्यक्ष राजेन्द्र वैष्णवले बताए । अध्यक्ष वैष्णवले यस कार्यक्रमलाई सफल पार्न सबैलाई बिहान ११ बजे देखि दिउँसो २ ः ३० बजे सम्म उपस्थितिको लागि अनुरोध समेत गरेका छन् ।