भर्खरै

बागलुङ्मा अनियमित विद्युत् कटौतीको समस्या समाधान

  • प्रकाशित मिति : Sun-17-Nov-2019
  • - रासस
title
बागलुङ्,मंसिर । बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङ्गको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बागलुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सवस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो ।
 विद्युतको मागभन्दा सवस्टेशनको भारवाहन क्षमता कम भएका कारण अनियमित विद्युत् कटौतीको समस्या भोग्दै आएका बागलुङवासीलाई सवस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै समस्या हटेर गएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बागलुङमा विद्युतको मागअनुसार सवस्टेशनले आपूर्ति गर्न नसक्दा अनियमितरूपमा विद्युत् कटौती हुने समस्या भएको भन्दै बागलुङ जिल्लालाई विद्युत् आपूर्ति गर्दै आएको बागलुङ नगरपालिका–१ रामरेखामा रहेको ३३÷११ केभी क्षमता रहेको सवस्टेशनको क्षमता वृद्धि गरिएको वितरण केन्द्रका प्रमुख इञ्जिनीयर शिवनारायण गोशलीले जानकारी दिए । 
“हामीले यही शुक्रबारबाट लागू गर्ने गरी सवस्टेशनको क्षमता थप गरेका छौँ”, गोशलीले भने, “क्षमता थप गरेसँगै अनियमित विद्युत् कटौतीको समस्या हटेर जानेछ ।” छ एमभीए क्षमताको सवस्टेशनलाई क्षमता विकास गरी ११ एमभीए क्षमताको बनाइएको वितरण केन्द्रले जनाएको छ । 
सवस्टेशनको क्षमता विस्तार गरेसँगै बागलुङ जिल्लाको विद्युत् मागलाई पर्याप्तरूपमा धान्ने केन्द्र प्रमुख गोशलीले बताए । विद्युत् मागलाई ध्यानमा राखेर गलकोटको हरिचौरमा ३३÷११ केभी तीन एमभीए क्षमताको सवस्टेशनसमेत सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । यससँगै बागलुङ जिल्लामा १४ एमभीए सवस्टेशनको क्षमता पुगेको छ । बागलुङमा चार एमभीए बराबरको विद्युत् माग रहेको छ । पर्याप्त विद्युत् आपूर्ति हुँदासमेत पर्याप्त सवस्टेशनको क्षमता नहुँदा बढी विद्युत् खपत हुने समय साँझ र बिहान विद्युत् अनियमितरूपमा कटौती हुँदै आएका कारण प्राधिरकणले सवस्टेशनको क्षमता वृद्धि गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago