भर्खरै

फोनमा कुरा गर्न रूख चढ्नुपर्ने बाध्यता हट्यो

  • प्रकाशित मिति : Mon-18-Nov-2019
  • -
title
 डोल्पा ,मंसिर । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुइ महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ।
 
बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरागर्नकालागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो।
 
दुरसञ्चार प्राधिकरणबाट प्राबिधिक टोली आएर कालिका स्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतबार दिउँसोदेखि सेवा सुचारु भएको गाउँपालिकाले जानकारी दिएको छ। चिनले स्याटलाइट बन्द गरिदिएपछि भदौ अन्तिमसाता देखि सिंगो गाँउपालिकानै सञ्चारबिहिन भएको थियो ।लामो समयदेखि अवरुद्ध टावर बनेपछि स्थानीयले खुशिब्यक्त गरेका छन्।
 
मोबाइल टावर बिग्रिएपछि स्थानीयले ठूलो सञ्चार सास्ती खेप्दै आएको र टावर बनेसँगै शुक्रबारदेखि सूचना आदान–प्रदान गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। भरपर्दो टावर नहुँदा पटक–पटक सास्ती खेप्दै आएको बताउँदै गाउँपालिकामा नयाँ टावर निर्माणका लागि ल्याईएको सामान भने बिचबाटोमै अलपत्र परेको स्थानीय दीर्घ शाहीले बताए।
        थाहा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago