भर्खरै

फोनमा कुरा गर्न रूख चढ्नुपर्ने बाध्यता हट्यो

  • प्रकाशित मिति : Mon-18-Nov-2019
  • -
title

 डोल्पा ,मंसिर । तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका दुइ महिनापछि सञ्चारको पहुँचमा जोडिएको छ।
 
बिग्रेको मोबाइल टावर बनेसँगै फोनमा कुरागर्नकालागि छिमेकी स्थानीय तहको नेटवर्क सिग्नल खोज्दै अग्ला डाँडापाखा र सुरीला रुख चढ्नुपर्ने बाध्यता हटेको हो।
 
दुरसञ्चार प्राधिकरणबाट प्राबिधिक टोली आएर कालिका स्थित अदलेखमा राखिएको टावर बनाएपछि आइतबार दिउँसोदेखि सेवा सुचारु भएको गाउँपालिकाले जानकारी दिएको छ। चिनले स्याटलाइट बन्द गरिदिएपछि भदौ अन्तिमसाता देखि सिंगो गाँउपालिकानै सञ्चारबिहिन भएको थियो ।लामो समयदेखि अवरुद्ध टावर बनेपछि स्थानीयले खुशिब्यक्त गरेका छन्।
 
मोबाइल टावर बिग्रिएपछि स्थानीयले ठूलो सञ्चार सास्ती खेप्दै आएको र टावर बनेसँगै शुक्रबारदेखि सूचना आदान–प्रदान गर्न सजिलो भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। भरपर्दो टावर नहुँदा पटक–पटक सास्ती खेप्दै आएको बताउँदै गाउँपालिकामा नयाँ टावर निर्माणका लागि ल्याईएको सामान भने बिचबाटोमै अलपत्र परेको स्थानीय दीर्घ शाहीले बताए।
        थाहा खबर

प्रतिक्रिया