भर्खरै

प्रधानमन्त्री ओलीद्धारा ‘एक्शन रुम’ बाट त्रिशुली थ्री ए को उद्घाटन

  • प्रकाशित मिति : Mon-18-Nov-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको सिंहदरबारभित्रैबाट उद्धघाटन गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट प्रधानमन्त्री ओलीले आयोजनाको उद्धघाटन गरेका हुन् ।
 
रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको उदघाटन काठमाडौंमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट एकसाथ उदघाटन गरेका छन् ।
 
कुनै समय नेपाल विद्युत् प्राधिकरणले रुग्ण आयोजनाको रुपमा राखेको आयोजना हो माथिल्लो त्रिशूली थ्री ‘ए’। प्राधिकरणले यस आयोजना निर्माण सम्पन्न गर्न एक दशक भन्दा बढी लाग्यो । आयोजनाको पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत ३ जेठ र १७ साउनबाट परीक्षण उत्पादन सुरु भएको थियो । सोमबार उदघाटन भएसँगै आयोजनाबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु हुनेछ । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया