भर्खरै

ऊर्जा सम्मेलन २०१९ को अन्तिम तयारी पुरा

  • प्रकाशित मिति : Mon-18-Nov-2019
  • - रुपा तुलाधर
title
काठमाण्डौ, मंसिर ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) को आयोजनामा हुन लागेको  सातौँ संस्करणको ऊर्जा सम्मेलन २०१९ को अन्तिम तयारी पुरा भएको छ । यहि मंसिर ५ र ६ गते हुन लागेको ऊर्जा सम्मेलनको अन्तिम तयारी पुरा भएको हो । ऊर्जा सम्मेलनमा आठ ओटा सम्झौतामा हस्ताक्षर हुने भएको छ । 
 
ऊर्जा सम्मेलनमा क्षेत्रीय विद्युत व्यापारका लागि विचार आदान–प्रदान गर्न तथा औपचारीक र अनौपचारीक वार्ताहरु बढाउन उपयोगी सावित हुने इपानले जनाएको छ । सम्मेलनका दशवटा सत्रहरुमा ७० भन्दा बढी राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरका सरकारी क्षेत्र, निजी क्षेत्र तथा विकास साझेदारहरुसंग आवद्ध विशेषज्ञहरुको प्रस्तुति हुने इपानले जनाएको छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरीका, क्यानडा, नर्वे लगायत मुलुकको सहभागिता रहने छ । 
 
 क्षेत्रीय विद्युत व्यापार, विद्युतीय बजार, विद्युत बजार नियमन, वित्तिय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघियतामा ऊर्जा परीयोजनाहरु संचालन र सहजिकरण, ऊर्जामा आवश्यक लगानी तथा आयोजना प्रर्दशनी जस्ता विषयहरु सम्मेलनमा रहने छन् । 
 
नेपालको ऊर्जा क्षेत्र क्रियशिल  रहेको अहिलेको अवस्थामा हाल करीव ५ हजार पाँच सय मेगावाटका आयोजनाहरु निर्माण वा पुर्ननिर्माणका चरणमा छन् भने १८ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणमा जानका लागि अध्ययनको क्रममा छन् । पछिल्लो समय ऊर्जा क्षेत्रमा भएको क्रियाशिलता अनुरुप नेपालमा उत्पादिन विद्युत बढी हुने हुँदा विद्युतको बजार व्यावस्थापनका लागि छिमेकि राष्ट्रहरुमा क्षेत्रीय ग्रीड कनेक्टीभिटीद्धारा ऊर्जा व्यापार गर्ने सम्भावनाको पहिचान भईरहेको इपानले जानकारी दिएको छ  । 
 
‘पावरिङ द एसियन सेन्चुरी’ भन्ने मुल नाराका साथ हुन लागेको सम्मेलनमा  क्षेत्रीय विद्युत व्यापारलाई साकार पारी, विशेषत ः छिमेकी मुलुकहरुमा नेपालमा उत्पादित बिजुलीको बजार विस्तार गरी, त्यसका लागि आवश्यक लगानीको जोहो गर्दै नेपालमा नै दिगो र भरपर्दो विद्युत उतपादन गर्नका लागि आवश्यक बहस र छलफल गर्न  सात सय भन्दा बढीको सहभागीता रहने छ । 
 
त्यस्तै ऊर्जा परियोजना निर्माण स्थलमा माग अनुसार भ्रमणको व्यवस्था गरी सहभागीहरुले चाहेको खण्डमा आयोजनाहरुको स्थलगत भ्रमण गरी नेपालमा ऊर्जा क्षेत्रमा भइरहेको विकासको प्रत्यक्ष अवलोकन गराइने इपानले जनाएको छ ।
 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago