३८ जना विद्युतीय व्यवसायीहरुद्धारा रक्तदान

  • प्रकाशित मिति : Tue-19-Nov-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौं,मंसिर । काठमाण्डौं विद्युतीय व्यवसायीद्धारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जना भन्दा बढी विद्युतीय व्यवसायी तथा सम्बन्धित व्यक्तिहरुले रक्तदान गरेका छन् ।  सोमबार काठमाण्डौंको बिजुली बजार भवनमा संघले आयोजना गरेको सो कार्यक्रममा ३८ जना भन्दा बढीले रक्तदान गरेको काठमाण्डौं विद्युतीय व्यवसायी संघका अध्यक्ष राजेन्द्र वैष्णवले बताए । 
 
संघले सुरुवाती समयदेखि नै व्यवसायीहरुको हकहितका साथसाथै सामाजिक कार्यहरु गर्दै आईरहेको बताउँदै आगामी दिनहरुमा पनि सामाजिक कार्यहरुमा अग्रसर भएर काम गर्ने अध्यक्ष वैष्णवको भनाई छ । संघको आगामी पुस १२ गते दशौं वार्षिक साधारण सभा हुने मिति समेत तय भएको उनले बताए । 

प्रतिक्रिया