भर्खरै

काठका पोललाई विस्थापन गरी स्टिलका पोल राख्दै

  • प्रकाशित मिति : Tue-19-Nov-2019
  • - विद्युत संसार संवाददाता
title
तनहुँ,मंसिर । तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सम्पूर्ण काठका जीर्ण पोलहरु विस्थापन गरी स्टिलका पोल जडान गर्ने भएको छ । चौध वडा भएको सो नगरपालिकाभित्र काठका पोलले जोखिम बढाएपछि त्यस पोललाई हटाएर स्टिलका पोल राख्ने अभियान शुरु गरेको हो ।
 
नगरपालिकाले १४ वटै वडामा रहेको काठका पोलको तथ्याङ्क सङ्कलन गरेर पहिलो चरणमा प्रत्येक वडामा ४५ वटाका दरले स्टिलका पोल राख्ने अभियान शुरु गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । 
 
त्यस्तै वडा नं ७ का अध्यक्ष शतिश न्यौपानेले नगरपालिकाले उपलब्ध गराएका स्टिलका पोल वडामार्फत वितरण गर्न शुरु गरिएको जानकारी दिए । वडाभित्र बढी जीर्ण रहेका काठेपोल विस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाबाट उपलब्ध भएका ४५ स्टिलका पोल टोल विकास संस्थामार्फत वितरण गरी सकिएका उनले बताए ।
 
“प्राथमिकताका आधारमा टोल विकास संस्थामार्फत पहिलो चरणमा उपलब्ध भएका पोल वितरण ग¥यौँ”, वडाध्यक्ष न्यौपानेले भने, “बाँकी ठाउँमा पनि विस्तारै उपलब्ध गराउँदै जाने हाम्रो योजना छ ।” एकैपटकमा सबै ठाउँमा स्टिलपोल वितरण गर्न सम्भव नभएकाले प्राथमिकताका आधारमा काठेपोल फेरिने उनले बताए । काठका पोल कुहिँदा, जीर्ण हुँदा दुर्घटना हुने सम्भावना रहने भएकाले पहिलो चरणमा त्यस्ता ठाउँका काठेपोल विस्थापन गरिने न्यौपानेले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago