भर्खरै

विद्युत चुहावट गर्ने १४ जना पक्राउ

  • प्रकाशित मिति : Wed-20-Nov-2019
  • - Admin
title

 
महोत्तरी, मंसिर । नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वर महोत्तरीले विद्युत चुहावट गर्ने १४ जनालाई पक्राउ गरेको छ ।  विद्युत चुहावट बढी भइरहेको प्रति नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले चुहावट नियन्त्रण अभियान चलाएपछि १४ जनालाई पक्राउ गरेको हो । 
 
चुहावट नियन्त्रण अभियान टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीको सहयोगमा १४ जनालाई पक्राउ गरिएको हो । टोलीले तीन थान पानी तान्ने मोटर, एलएडी टिभी एक थान, रेफ्रिजरेटर एक थान र तार १५० मिटरसमेत बरामद गरेको जनाइएको छ । विद्युत चुहावट गर्दागर्दै पक्राउ परेका १४ लाई जरिवाना गरी छाडिने विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 9 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago