भर्खरै

राक्सिराङ गाउँमा विद्युत, ६ सय घर परिवार लाभान्वित

  • प्रकाशित मिति : Wed-20-Nov-2019
  • - Admin
title
 
हेटौंडा, मंसिर । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका –६ बाङराङमा हाइड्रो मार्फत बिजुली उत्पादन गरी स्थानीयलाई विद्युत सेवा उपलब्ध गराइएको छ । नौ किलोवाट क्षमताको पिको हाइड्रो पावरबाट गाउँमा बिजुली पुगेपछि बाङराङका करिब सय घर परिवारमा खुसीयाली छाएको छ ।
 
स्थानीय क्षेत्रमा रहेको डिङना खोलाबाट निकालिएको विद्युत परियोजनाको राक्सिराङ गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष सिंगलाल प्रजाले उद्धघाटन गरेका हुन् । सिमान्तकृत चेपाङ तथा तामाङ समुदायको बाहुल्य रहेको र बाङराङमा ग्रामिण प्रविधि सेवा केन्द्र ललितपुरको प्राविधिक सहयोग तथा साइमनपु फाउण्डेशन फिनल्याण्ड र इको इनर्जीको आर्थिक सहयोगमा उक्त परियोजना निर्माण गरिएको हो ।
 
आयोजनाका अध्यक्ष सूर्यबहादुर थिङका अनुसार परियोजना सम्पन्न गर्नका लागि ३० लाख रुपैयाँ खर्च भएको जानकारी दिए । सो आयोजनामा राक्सिराङ गाउँपालिकाले ३ लाख ५० हजार र अन्य बाह्य दाताबाट १० लाख रुपैयाँ प्राप्त भएको थियो भने बाँकी रकम फाउन्डेशन र इको इनर्जीले सहयोग गरेको थियो । हेटौंडामा रहेको महालक्ष्मी ईन्जिनियरिङ वर्कसप प्रालिले उक्त आयोजना निर्माणको जिम्मा लिएको थियो । तोकिएकै समयमा काम सम्पन्न गरी गाउँमा बिजुली बाल्न सफल भएको आयोजनाका अध्यक्ष थिङले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago