सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए ७० एस बजारमा

  • प्रकाशित मिति : Wed-20-Nov-2019
  • - Admin
title

 
काठमाण्डौ, मंसिर ।  सामसङले ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ए ७० एस बजारमा सार्वजनिक गरेको छ । यसमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट रहेको कम्पनीले जनाएको छ । यसमा ६४ मेगापिक्सलको प्राइमरी शूटरको साथ ट्रिपल क्यामरा सेटअप, आकर्षक नयाँ डिजाइन, सम्पूर्ण भिज्युअल अनुभव, शक्तिशाली ब्याट्री एवं सहजै कनेटक्ट गर्न सकिने सुविधाजनक प्रविधि जडान गरिएको कम्पनीले बताएको छ ।
 
यस समूहको सबैभन्दा उत्कृष्ट ६४ मेगापिक्सलको प्राइमरी क्यामरा एवं नाइट मोड तथा सुपर स्टेडी भिडियोको साथ ग्यालेक्सी ए७०एस स्मार्टफोन फोटोग्राफी एवं भिडियोग्राफीको लागि राम्रो रहेको कम्पनीको दावी छ । ए ७० एसमा एआई गेम बुस्टर, ४५०० एमएएचको ब्याट्री, तथा २५ वाटको सुपर फास्टचार्जिङ्ग विशेषता रहेको छ । यस स्मार्टफोनमा अक्टाकोर क्वालकोम स्न्यापड्रयागन ६७५ प्रोसेसर जडान गरिएको छ । यसको नेपाली बजार मूल्य ४८ हजार ८ सय ९० रहेको कम्पनीले बताएको छ । यो स्मार्टफोन ग्राहकले प्रिज्मक्रश रेड, प्रिज्मक्रश व्हाइट र प्रिज्मक्रश ब्ल्याक गरी तीन रङमा किन्न पाउँछन् । यसको स्टोरेज क्षमता ६ जिबी र्याम र १२८ जिबी रोम रहेको छ ।

प्रतिक्रिया