महासंघका हरेक गतिविधिमा जिल्ला संघको सहभागिता महत्वपूर्ण हुन्छ

  • प्रकाशित मिति : Wed-20-Nov-2019
  • - शुर्दशन प्रसाद पौड्याल, अध्यक्ष , नेपाल विद्युतीय व्यवसायी महासंघ
title

 
 देशभर छरिएर रहेका विद्युतीय व्यवसायीहरुको समस्या, व्यवसायीहरुको माग,  लगायतका विषयहरुलाई  सम्बोधन गर्ने र व्यवसायीक एकता कायम गर्ने उद्धेश्यका साथ नेपाल विद्युतीय व्यवसायी महासंघको स्थापना भएको हो । महासंघमा देशभरका विद्युतीय व्यवसायीहरु आवद्ध छन् । 
 
व्यवसायीहरुमा परेको समस्या, व्यवसायीहरुको माग लाई महासंघले स्थापना देखि नै सम्बोधन गर्दै आएको छ । महासंघको चौथो महाधिवेशनमा म अध्यक्ष पदमा निर्वाचित भएको हुँ । महासंघका गतिविधिहरुलाई अगाडी बढाउन हामीले तीन वर्षे कार्य योजना बनाउँदै छौ । सो कार्य योजना अनुसार नै महासंघ अघि बढ्दै जाने छ । 
 
    देशभर रहेका जिल्ला संघहरुको सहकार्यद्धारा नै महासंघको गठन भएको हो । महासंघमा हाल २१ वटा  जिल्ला संघहरु आवद्ध छन् । महासंघको चौथो अधिवेशनका क्रममा रुपन्देही विद्युतीय व्यवसायी संघ, विद्युतीय व्यवसायी संघ चितवन, नवलपुर विद्युतीय व्यवसायी संघले निर्वाचन प्रक्रियालाई नमानेर बाहिरीएको भए पनि, यी जिल्ला संघहरु महासंघबाट बाहिरीएको होइन । जिल्ला संघहरुको सक्रियातामा नै महासंघ बनेको हो । महासंघ बाट जिल्ला संघहरु बाहिरीएका छैनन् । महासंघका कुनै पनि गतिविधिहरु जिल्ला संघहरुको सहभागितामा नै पूर्ण हुन्छ । जिल्ला संघ नै नहुने हो भने महासंघ रहदैन । हाम्रा कुनै पनि कार्यक्रममा उहाँहरुको सहभागिता महत्वपूर्ण हुन्छ । हाम्रा हरेक कार्यक्रमहरुमा जिल्ला संघको आवश्यकता छ । तीन ओटा जिल्ला संघ निर्वाचन प्रक्रियालाई नमानेर बाहिरिएको भए पनि महासंघमा उहाँहरुको भूमिका महत्वपूर्ण छ । उहाँहरु महासंघबाट बाहिरीएको होइन । महासंघका हरेक कार्यक्रममा जिल्ला संघहरुको सहभागिता रहनुपर्दछ र रहन्छ भन्ने विश्वास छ । 

प्रतिक्रिया