भर्खरै

महासंघ र बाहिरिएका जिल्ला संघहरु बीच छलफल हुनु पर्दछ

  • प्रकाशित मिति : Wed-20-Nov-2019
  • - कृष्ण पटेल,अध्यक्ष, पर्सा विद्युतीय व्यवसायी संघ
title
 
नेपाल विद्युतीय व्यवसायी महासंघ विद्युतीय व्यवसायीहरुको संगठन हो । व्यावसायीहरुको आवश्यकता, व्यवसायीहरुको समस्या, माग लगायत व्यवसायीहरुको व्यवसाय प्रर्वद्धनका लागि महासंघले विभिन्न कार्य गर्दै आएको छ । देशभर छरिएर रहेका विद्युतीय व्यवसायीहरुलाई एकबद्ध गराउने निकाय पनि महासंघ हो । 
 
   महासंघले व्यवसायीहरुको आवश्यकतालाई सम्बोधन गर्दै आएको छ । महासंघमा आवद्ध जिल्ला संघहरुले  आफ्ना व्यावसायिक क्षेत्रमा भएका समस्याहरुलाई माथिल्लो निकाय सम्म पु¥याउने माध्यमका रुपमा महासंघलाई पाएको छ । महासंघको गत भदौमा भएको चौथो महाधिवेशनका क्रममा निर्वाचन प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै  रुपन्देही विद्युतीय व्यवसायी संघ, विद्युतीय व्यवसायी संघ चितवन, नवलपुर विद्युतीय व्यवसायी संघ बाहिरीएको थियो ।  निर्वाचन प्रक्रिया प्रति उहाँहरु किन असन्तुष्ट हुनु भएको हो,  कुन विषयमा चित्त नबुझेको हो सो विषयका सन्र्दभमा महासंघले बाहिरिएका जिल्ला संघहरु सँग सहकार्य गर्नु आवश्यक छ । 
 
   महासंघ र बाहिरिएका जिल्ला संघहरु बीच एकआपसमा छलफल भई निचोड निकाल्नु पर्दछ । कुनै विषयलाई लिएर आफ्नै परिवारका सदस्य बाहिरनु राम्रो होइन । समस्याको पहिचान गरी निष्र्कषमा पुग्नु पर्दछ ।  जिल्ला संघलाई चित्त नबुझेका विषयमा महासंघले सहकार्य गर्नु महासंघको कर्तव्य हो । महासंघले बाहिरिएका जिल्ला संघहरुलाई महासंघमा नै ल्याउनका निमित्त आवश्यक पहल गर्नु पर्दछ । निर्वाचन प्रक्रिया प्रति असन्तुष्टि जनाउँदै बाहिरिएका जिल्ला संघहरु पुनः महासंघमा आउनु पर्दछ । जिल्ला संघहरुको आपसी सहकार्यद्धारा नै महासंघ बलियो हुने हो ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago