भर्खरै

व्यावसायिक क्षेत्रमा एकता हुनु पर्दछ

  • प्रकाशित मिति : Wed-20-Nov-2019
  • - शिवराज रिजाल,अध्यक्ष, नेपालगञ्ज इलेक्ट्रिक एशोसिएसन
title

 
 
 
नेपाल विद्युतीय व्यवसायी महासंघ देशभर रहेका विद्युतीय व्यवसायीहरुको छाता संगठन हो । व्यवसायीहरुको हक हितका लागि महासंघले कार्य गर्दै आएको छ । महासंघले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमहरुमा जिल्ला संघहरुले सक्रिय सहभागिता जनाउँदै आएको छ ।
 गत भदौमा भएको महासंघको चौथो महाधिवेशनमा निर्वाचन प्रक्रियालाई नमानेर रुपन्देही विद्युतीय व्यवसायी संघ, चितवन विद्युतीय व्यवसायी संघ, नवलपुर विद्युतीय व्यवसायी संघ बाहिरिनु भयो ।  मेरो विचारमा निर्वाचन प्रक्रियालाई नमानेर जिल्ला संघहरु बाहिरीनु पर्ने कुनै कारण नै छैन । अहिलेको अवस्था सम्म महासंघले सबै जिल्ला संघहरुसँग समान ढंगबाट सहकार्य गर्दै आएको छ । जिल्ला संघहरुले उठाए विषय, व्यवसायीहरुको माग लगायतका विषयमा महासंघले सकेसम्मको पहल गर्दै आएको छ  । जिल्ला संघहरुको मागलाई सम्बोधन गर्दै जिल्ला संघहरु प्रति उत्तरदायी भूमिका निर्वाह गर्ने जिम्मेवार निकाय महासंघ हो ।
 
 महासंघ कस्तो निकाय हो, महासंघले कस्ता कार्य गर्दै आएको छ भन्ने विषयमा जिल्ला संघहरु जानकार नै छन् तसर्थ जति पनि जिल्ला संघहरु निर्वाचन प्रक्रियालाई नमानेर बाहिरिनु भएको छ, ति जिल्ला संघहरु महासंघमा आउन जरुरी छ । महासंघका हरेक कार्यहरुमा जिल्ला संघको सहभागिता हुनुपर्छ । जिल्ला संघहरुद्धारा नै महासंघको गठन भएको हो । निर्वाचन प्रक्रियालाई नमानेर बाकाहिरीएका जिल्ला संघहरु महासंघमा चाँडो भन्दा चाँडो आउनु उचित हुन्छ । व्यावसायिक क्षेत्रमा जति एकता भयो उति नै राम्रो हुने हुँदा बाहिरिएका जिल्ला संघहरु महासंघमा आउनु पर्छ ।    

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago