भर्खरै

नेपालमा जलविद्युत उत्पादन गर्न स्रोत होइन दक्ष प्राविधिक र उपकरणको अभाव छ

  • प्रकाशित मिति : Wed-20-Nov-2019
  • - विकास श्रेष्ठ
title
 
भनिन्छ ,नेपाल एउटा जलस्रोतको दृष्टिले ब्राजिलपछि  विश्वको दोस्रो  धनी देश  हो । नेपाल एउटा जलस्रोतले मात्र धनी देश नभई प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश  हो । 
 
प्राकृतिक स्रोतको वर्गाीकरण र परिचय :

सामान्यतया प्राकृतिक स्रोतलाई  तीन भागमा वर्गाीकरण गर्न सकिन्छ । ती हुन्  नवीकरणीय, अनवीकरणीय, अन्नत आदि हुन्  । हामी नवीकरणीय प्राकृतिक स्रोत भन्नाले पुनः उत्पादन  गर्न सकिने अर्थात नवीकरण  गर्न सकिने भन्ने बुझिन्छ । जस्तै स्वच्छ हावा, स्वच्छ पानी, उर्वरा माटो वनस्पति एवंम पशुपंक्षी आदि र अनवीकरणीय भन्नाले पृथवीबाट निकालिसकेपछि त्यस ठाउँमा पुनः प्राप्त गर्न नसकिने भन्ने बुझिन्छ भने सौर्यशक्ति,वायुशक्ति,जलशक्ति,ज्वारभाटा आदिलाई अन्नत प्राकृतिक भनिन्छ ।
 
प्राकृतिक स्रोतको प्रयोग र फाइदा :

सामान्यतया प्राकृतिक स्रोत भन्नाले मानव उपयोगका उत्पादन  हुने प्रकृति स्रोत तथा  साधनहरु भन्ने बुझिन्छ । जस्तै सौर्यशक्ति,वायुशक्ति,जलशक्ति,ज्वारभाटा  स्वच्छ हावा, स्वच्छ पानी, उर्वरा माटो,वनस्पति  धातुगत,खनिज पदार्थ,जीवांश,इन्धन,अधातु,खनिज पदार्थ आदि यसको उदाहरण हो । हामीले जीवनयापन गर्न विभिन्न प्रकारका प्राकृतिक स्रोतहरुको प्रयोग गरेको हुन्छ । ती प्राकृतिक स्रोतलाई उत्पादन गर्न विभिन्न उपकरण र जनशक्तिको निर्माण गर्नु पर्दछ । देश  रहेका प्राकृतिक स्रोतलाई आवश्यक मात्रामा प्रयोग गर्न सकियो भने  यसबाट थुप्रै फाइदाहरु लिन सकिन्छ । जस्तै सौर्यशक्ति,वायुशक्ति, जलशक्ति,ज्वारभाटा  स्वच्छ हावा, स्वच्छ पानी, उर्वरा माटो,वनस्पति आदि हाम्रो जीवनयापनको स्रोतहरु हुन् । यी स्रोतहरुबाट हामी लुगा सुकाउन, खाना बनाउन, लुगा धुन, सवारी साधन चलाउन, कृषि गर्न आदि थुप्रै कार्यहरुमा यसको प्रयोग गर्न सकिन्छ । हाम्रो देशमा रहेका प्राकृतिक स्रोत जस्तै डिजेल,पेट्रोल, मटितेल लाई आवश्यक मात्रामा प्रयोग गरी बढी भएका इन्धनहरुलाई बाहिर निर्यात गर्न सकियो भने देशको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।
 
जलस्रोतको फाइदा र प्रयोग :

जलस्रोत एउटा निर्जिव  वस्तुहरुलाई नभई नहुने  प्राकृतिक स्रोत हो । यो विना संसारमा केहि रहन सक्दैन । जलस्रोतले गर्दा नै  हामी खाना  पकाउन,नुहाउन ,लुगा धुने आदि गर्दछौ । जलस्रोतले  गर्दा नै नेपालका पर्यटकीय स्थल जस्तै फेवा ताल बेगनास ताल,रारा ताल, फोक्सुण्डो ताल,तिलिचो ताल, रुपताल, गोसाइँकुण्ड,च्छो रोल्पा हिमताल, घोडाघोडी ताल, बीस हजारी ताल, रानी पोखरी जस्ता प्रमुख तालहरु हेर्न विदेशीहरु नेपाल भित्रिने गर्दछ । यी  रमणीय वातावरण ,हावापानीले गर्दा वार्षिक करिव  २० लाख पर्यटक नेपाल भित्रिने गर्दछ । नेपालमा  साना ठुला गरी करिव ६,००० वटा नदीनालाहरु छन् ती मध्ये १००० भन्दा बढी नदिनालाहरु ११ किलोमिटर भन्दा बढी लामा छन् भने  करिव १०० भन्दा बढी नदीनालाहरु १६० किलोमिटर भन्दा बढी लामा छन् । नेपालका  नदीहरुको जलभण्डार क्षमता करिव २ लाख २ हजार मिलियन क्युविक मिटर रहेको छ । यही पानीबाट जलविद्युत उत्पादन गर्ने हो भने करिव ८३००० मेगावाट जलविद्युत उत्पादन गर्न सकिन्छ । 
 
त्यसैले नेपालमा जलविद्युत उत्पादन गर्न  जलस्रोत नभएको त होइन यहाँ जलविद्युत उत्पादन गर्न चाहिने उपकरण र गुणस्तरीय इलेक्ट्रिकल इन्जिनियरलाई गुणस्तरीय शिक्षा र तालिम  दिने प्रशिक्षक नभएकाले जलविद्युत आयोजना निर्माण हुन नसकेको हो । नेपाल सरकारले पनि देशमा  रहेका सबै नदीनालाहरुमा जलविद्युत आयोजना निर्माण गर्न सके देशको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ । गत वर्षको तथ्याड्ढ अनुसार प्राधिकरणको आनै ३२.७० स्वदेशी निजी क्षेत्रको ३०.७१ र भारत ३६.५८ प्रतिशत आयात हुने  व्यवस्थापन गरेको थियो । निर्माणाधिन १२० वटा आयोजनाहरु बाट यही वर्ष करिव २,६१३ मेगावट बिजुली उत्पादन हुने प्राधिकरणले जनाइएको छ । यस बाहेक कुल १३७ वटा आयोजनाका २,८६९  मेगावाट विद्युत उत्पादन हुन विभिन्न चरणमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago