भर्खरै

९ नयाँ मन्त्री सहित मन्त्रिमण्डलको पुर्नगठन

  • प्रकाशित मिति : Thu-21-Nov-2019
  • - Admin
title

 
काठमाण्डौ, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा  ९ जना नयाँ मन्त्री भएका छन् ।  नवनियुक्त  ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको सपथग्रहण आज हुने भएको छ  । 
 
बुधबार राति पुनर्गठन  भएको मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका हुन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । 
 
त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । यसअघि मन्त्री रहेका लालबाबु पण्डितलाई हटाइएको छ । यस्तै भुसाल चक्रपाणि खनाललाई विस्थापित गर्दै कृषि तथा पशुपक्षी मन्त्री बन्न सफल भएका छन् ।
 
यसैगरी लेखराज भट्ट मातृका यादवलाई विस्थापित गर्दै उद्योग तथा बाणिज्य मन्त्री बन्न सफल भएका छन् भने रामेश्वर राय यादव  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न  सफल भएका छन् । यसअघिका मन्त्री गोकर्ण विष्ट हटाइएका छन् । 
 
यसैगरी बसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा रघुवीर महासेठ हटाइएका छन् । यस्तै पार्वत गुरुङ महिला बालबालिका मन्त्री बन्दा थपमाया थापाको पनि ओली क्याबिनेटबाट बिदाइ भएको छ । 
 
यस्तै उपेन्द्र यादवको मन्त्रालय परिवर्तन भएको छ । उनलाई उपप्रधानमन्त्रीसहित कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै उपेन्द्रले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइएको छ ।  
 
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले तीन जना राज्यमन्त्री बनेका दुगड, रावत र मानन्धरले क्रमशः उद्योग बाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या र सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । 

प्रतिक्रिया