भर्खरै

ऊर्जा सम्मेलन २०१९ सम्पन्न, ६ समझदारी पत्रमा हस्ताक्षर

  • प्रकाशित मिति : Sun-24-Nov-2019
  • - Admin
title

काठमाण्डौ, मंसिर । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को आयोजनामा दुई दिन सम्म सञ्चालन भएको ऊर्जा सम्मेलन २०१९ सम्पन्न भएको छ । २१ देशका ७६४ जना उपस्थित भएको सो सम्मलेनमा ६ समझदारी पत्रमा हस्ताक्षर भएसँगै सम्पन्न भएको हो । 
 
पावरीङ्ग द एसियन सेन्चुरी भन्ने नाराका साथ सञ्चालन भएको सम्मेलनमा विभिन्न निकायबीच ६ वटा द्विपक्षीय समझदारी भएका छन् । भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेड र नेपाल सरकार स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) बीच लगानी बारे लेटर अफ एक्सचेन्ज भएको छ । इन्डियन इनर्जी लिमिटेड र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)बीच विद्युत व्यापारका लागि समझदारी भएको छ । यस्तै डिलोइट बंलादेश र इपानबीच नेपालको जलविद्युतका लागि क्षेत्रीय बजारको अवसर पहिचान सम्बन्धि ज्ञान आदन प्रदान गर्ने सम्झौता भएको छ । यस्तै आइएफसी र इपान बीच ऊर्जा क्षेत्रमा महिला सहभागिता तथा सशक्तिकरण बढाउने समझदारी भएको छ । त्यस्तै एफएमओ र नेपाल बैंकर्स संघबीच लगानीबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
 
पेट्रोलियम पदार्थलाई विस्थापन गर्दै जाने : अर्थमन्त्री खतिवडा

सम्मेलनको दोस्रो दिन  अर्थमन्त्री डा.युवराज खतिवडाले  नेपालमा अहिले भइरहेको पेट्रोलियम पदार्थको प्रयोगलाई आगामी वर्षहरुमा विस्थापन गर्दै विद्युत क्षेत्रको दिगो विकास गर्ने बताए । उनले संयुक्त राष्ट्र संघको दीगो विकास लक्ष्य अनुसार नै नेपालमा विकासका काम  अगाडि बढिसकेको बताए । अर्थमन्त्री खतिवडाले सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नुका साथै आगामी पाँच वर्षमा प्रतिव्यक्ति विद्युत खपतको दरलाई बढाएर १ हजार ५०० युनिट बनाउने योजना रहेकोले नेपालमा पनि विद्युत खपत बढ्ने  बताए । कार्यक्रममा नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले नेपालका बैंकहरूले जलविद्युतमा लगानी विस्तार गरिरहेको बताए । 
 
ढुक्क भएर लगानी गर्न यातायात मन्त्री नेम्वाङको आग्रह
 
सम्मेलनको समापन समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले  नेपालको जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्न सबैलाई आग्रह गरेका छन् । पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रले फड्को मार्दै गएको उल्लेख गर्दै उनले जलविद्युत क्षेत्रमा लगानी गर्न खाग्रह गरेका हुन् । सरकारले २० हजार मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणमा जाने तयारीमा रहेको उनले बताए ।उनले  आवश्यकता अनुरुप जलविद्युत क्षेत्रमा सहकार्य गरी त्यसको विकास गर्न सकिने पनि बताए । 
 
त्यस्तै सम्मेलनमा भारतका ऊर्जा सहसचिव अनिरुद्ध कुमारले क्षेत्रीय विद्युत व्यापारका लागि भारतले आफ्नो क्रस बोर्डर विद्युत व्यापार निर्दे्शिकनको अवरोध फुकाएको र भारत विद्युत व्यापारको लागि तयार भएको बताए ।
 कार्यक्रममा डीएफआईडी नेपालका इन्क्लुजन टिम लिडर सिमोन लुकासले ऊर्जाको क्षेत्रीय विकासका लागि राजनीतिक नेतृत्व लगायतका सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए । सम्मेलनमा २१ देशका ७६४ सहभागी  थिए भने ८७ वटा व्यापारिक मिटिङ (बीटुबी) पनि भएको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सुपर त्रिशूली हाइड्रोपावर आयोजना विद्युत् उत्पादन रोक्न माग

काठमाडौँ, १५ चैत । त्रिशूली नदीको बुट 5 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 3 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 3 hours ago