भर्खरै

प्रदेश नं ५ ले पाँच वर्षभित्रमा ३०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य

  • प्रकाशित मिति : Mon-25-Nov-2019
  • - रासस
title
खस्यौली,मंसिर । नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना रहेको प्रदेश नं ५ मा सरकारले पाँच वर्षभित्र ३०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको छ । 
 
प्रदेश सरकारले वायुऊर्जाको सम्भावनालाई मध्यनजर गर्दै आफ्नो नीति तथा कार्यक्रममार्फत ऊर्जाको सम्भावनाको खोज अध्ययन तथा अनुसन्धानमा जोड दिएर ५ वर्षमा ३०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्य लिएको हो ।  
 
सरकारले प्रदेश ५ मा वैकल्पिक र अन्य ऊर्जाको सन्दर्भमा फोहरलाई ऊर्जामा परिणत गर्ने रणनीतिसमेत तय गरेको छ  । प्रदेश ५ का स्थानीय तहका सरकारको परिचालनबाट वायो ग्यासको उत्पादनमा जोड दिने र सामुदायिक वनमार्फत ब्रिकेट निर्माण गरी त्यसलाई ऊर्जाको स्रोतको रुपमा प्रयोगमा ल्याउन सकिने सरकारको विश्वास छ । 
 
प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले ऊर्जाका विभिन्न कार्यक्रमलाई प्रभावकारी बनाउन वैकल्पिक ऊर्जा तथा प्रवद्र्धन केन्द्रसँग सहमति तथा समझदारी भएको जानकारी दिँदै ऊर्जाका विभिन्न कार्यक्रममा निजी क्षेत्रको सहभागितालाई समेत प्रोत्साहन गरिने बताए ।  नेपालमा वर्षेनी खपत हुने ऊर्जाको करिब तीन प्रतिशत मात्रै विद्युतीय ऊर्जा छ । दश वर्षमा विद्युतको खपत हालको ११० मेगावाटबाट एक हजार ५०० किलोवाट पु¥याउने नीति नेपाल सरकारले प्रस्तुत गरेको छ  । राष्ट्रियस्तरमा  पाँच वर्षमा पाँच हजार मेगावाट र १० वर्षमा १५ हजार मेगावाट जडित क्षमता पु¥याउने नीतिसित तादाम्य हुने गराउँदा जनसङख्याको अनुपातमा प्रदेश नं ५ ले पाँच वर्षमा ७५० मेगावाट विद्युत् प्लान्ट थप्नुपर्ने देखिन्छ । राष्ट्रियस्तरमा ऊर्जा मिश्रणको हिसाबले र प्रदेशको जलविद्युत् सम्भाव्यताको हिसाबले यस प्रदेशमा जलविद्युत्लाई विद्युत् ऊर्जा उत्पादनको एक हिस्साको रुपमा विकास गरिने तथा उत्पादनको वृद्धिसँगै  विद्युत् सेवा नपुगेका स्थानमा सेवा विस्तार गर्नुपर्ने उल्लेख छ । प्रदेशको जलविद्युत् सम्भाव्यता तुलनात्मक रुपमा कमजोर छ र हालसम्म ३६ मेगावाटको हाराहारी मात्रै जलविद्युत् उत्पादन भएको छ । 
 
प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले अबको तीन वर्षभित्र उज्यालो नपुगेको ठाउँमा उज्यालो बनाउने बिजुली नपुगेको ठाउँमा वैकल्पिक ऊर्जामार्फत बिजुली पु¥याउने लक्ष्य लिएको जानकारी दिए । उनले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग मिलेर ग्रिड नपुगेको ठाउँमा ९० प्रतिशत अनुदानमा रु १२ करोडको लागतमा काम भइरहेको उल्लेख गर्दै वायो ग्यास, सोलार, लघु जलविद्युत् आयोजना लगायत कार्यक्रमका लागि रु ३५ करोड बजेटको व्यवस्था भएको बताए । 
 
 
प्रदेश योजना आयोगका सदस्य डा विष्णु गौतमले ऊर्जाको क्षेत्रमा केही फरक रणनीति तय हुन लागेको जानकारी दिँदै सौर्य ऊर्जामा लगानी आर्कषण गर्न कार्यक्रम सञ्चालन गरिने छ भने । उनले प्रदेश ५ को ऊर्जा क्षेत्रको विकास  र प्रवद्र्धनका लागि पूर्वाधार विकास प्राधिकरण प्रदेश सरकारको मन्त्रिपरिषद्बाट पास भएको र त्यसमार्फत सौर्य ऊर्जाका काम पनि प्रभावकारी बनाइने उल्लेख गरे । उनले ऊर्जाको क्षेत्रमा काम गर्न निजी क्षेत्रको सहभागितालाई समेत जोड दिइने बताए । प्रदेश ५ को  सरकारले भनेको छ, “इन्धनको तीन चौथाइभन्दा बढी हिस्सा ओगट्ने ऊर्जालाई वैकल्पिक ऊर्र्जािभत्र समेटी त्यसलाई विकासको प्राथमिकतामा नपार्नु प्रमुख समस्या हो ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago