भर्खरै

हामी महासंघसँग राउण्ड टेवलमा बसेर कुरा गर्न चाहन्छौं

  • प्रकाशित मिति : Wed-27-Nov-2019
  • - भरत लामिछाने, अध्यक्ष, विद्युतीय व्यवसायी संघ चितवन
title

 
 
नेपाल विद्युतीय व्यवसायी महासंघ विद्युतीय व्यवसायीहरुको छाता संगठन हो । देशभर रहेका विद्युतीय व्यवसायीहरुको संगठन महासंघले विद्युतीय व्यवसायीहरुको समस्या, माग आवश्यकता लगायतका विषयमा काम गर्दै आएको छ । 
देशभर रहेका  जिल्ला संघको प्रतिनिधित्व गर्ने तथा अभिभावकको भूमिका निर्वाह गर्ने महासंघ जिम्मेवार पूर्ण निकाय हो ।
 
महासंघले सबै जिल्ला संघहरुलाई समान ढंगबाट व्यवहार गर्नु पर्दछ ।  जिल्ला संघ नभई महासंघ अघि बढ्न सक्दैन । महासंघ हुनका लागि जिल्ला संघको आवश्यकता पर्दछ । यद्यपि पछिल्लो समय महासंघ जिल्ला संघहरु प्रति उत्तरदायी भएको हामीले पाएनौ । महासंघ आफ्नो  जुन विधि र विधानमा आधारित भएर काम गर्नु पर्ने त्यो गरेको हामीले पाएनौ । 
 
महासंघको मान, मर्यादा र प्रतिष्ठालाई मध्यनजर गर्दै रुपन्देही विद्युतीय व्यवसायी संघ, नवलपुर विद्युतीय व्यवसायी संघ र विद्युतीय व्यवसायी संघ चितवनले संयुक्त रुपमा महासंघलाई १३ बुँदे सुझाव पत्र पठाएका छौ । हाम्रा माग तथा सुझाव हामी तीन जिल्ला संघलाई मात्र होइन देशभरका सबै जिल्ला संघहरुलाई समेट्ने र  सहयोग पु¥याउने खालका छन् । महासंघको  गत भदौमा भएको चौथो अधिवेशनको निर्वाचन प्रक्रियामा हामी विना कारण बाहिरिएका होइनौ, महसंघले आफ्नो जिम्मेवारी पुरा गर्नु पर्दछ । हामी महासंघ सँग राउन्ड टेवलमा बसेर वार्ता गर्न चाहन्छौ । हाम्रा माग र महासंलाई हामीले दिएको सुझाव पत्र प्रति महासंघको ध्यानार्कषण हुन्छ भन्ने अपेक्षा लिएका छौ ।   

प्रतिक्रिया