भर्खरै

महासंघबाट हामी बाहिरिएका होइनौ

  • प्रकाशित मिति : Wed-27-Nov-2019
  • - प्रकाश चन्द्र पाण्डेय, रुपन्देही विद्युतीय व्यवसायी संघ
title

 
 
नेपाल विद्युतीय व्यवसायी महासंघ देशभरका विद्युतीय व्यवसायीहरुको हक हित र अधिकारका लागि आवाज उठाउने, विद्युतीय व्यवसायीहरुको समस्या, मागलाई सम्बोधन गर्ने व्यवसायीहरुको संगठन हो । विद्युतीय क्षेत्रमा व्यवसायीहरुलाई परेका समस्याका विषयमा महासंघले कार्य गर्दै आएको छ । यद्यपि महासंघको १० आँै साधारण सभा तथा चौथो अधिवेशनको निर्वाचन प्रक्रियामा कमी कमजोरी देखिएको तथा महासंघ आफ्नो विधान भन्दा बाहिर गई कार्य गरेको हुँदा हामी  महासंघको निवार्चन प्रक्रियाबाट बाहिरीएका हौ । हामी महासंघबाट भने बाहिरीएका होइनौ । जिल्ला संघहरुको सहभागितामा नै महासंघ  बनेको हुँदा महासंघले जिल्ला संघहरुको चित्त नबुझेको विषयमा आवश्यक छलफल गर्नु पर्दछ । 
 
महासंघको निर्वाचन प्रक्रियालाई अस्विकार गरेर विद्युत व्यवसायी संघ चितवन, नवलपुर विद्युतीय व्यवसायी संघ र रुपन्देही विद्युतीय व्यवसायी संघ  बाहिरीएको भए पनि महासंघले किन बाहिरीको हो भन्ने विषयमा आधिकारीक रुपमा छलफलका लागि बोलाएको छैन । यद्यपि हामीले महासंघको मान, मर्यदा र प्रतिष्ठालाई मध्यनजर गर्दै १३ बुँदे सुझाव पत्र पठाएका छौ । तीन जिल्ला संघको बैठकबाट हामीले १३ बुँदे सुझाव पत्र पारित गरी महासंघलाई पठाएका हौँ । हामीले महासंघलाई पठाएको सुझाव पत्रले तीन जिल्ला संघहरुलाई मात्र नभई देशभरका सबै जिल्ला तथा नगर संघको प्रतिनिधित्व गरेको छ । महासंघमा भएको कमिकमजोरी तथा बेथितिहरुलाई अस्विकार गर्दै निर्वाचन प्रक्रियामा तीन जिल्ला संघ बाहिरीएकोे भए पनि हाल  महासंघमा आवद्ध करीव १३ जिल्ला संघ तथा नगर संघहरुलाई  महासंघमा कमिकमजोरी तथा बेथिति छ भन्ने महसुस भएको हामीले बुझेका छौ । तसर्थ महासंघमा हामीले पठाएको सुझाव पत्र कार्यन्वयन गर्नुपर्दछ । यदि महासंघले सो विषयमा चासो नदिने हो भने काठमाण्डौ उपत्यका भन्दा बाहिरी जिल्ला तथा नगर संघहरु महासंघमा रहनुको अस्तित्व रहदैन । देशभरका विद्युतीय व्यवसायीहरुको अभिभावको भूमिका निर्वाह गर्ने महासंघ जस्तो प्रतिष्ठित निकाय कमीकमजोरी हुँनु हुँदैन । महासंघ सबै विद्युतीय व्यवसायीहरुको संगठन हो । महासंघले आफ्ना कमि कमजोरीहरुलाई सुधार गर्दै जानु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 5 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 10 hours ago